गान्धीदेखि र ट्रम्पसम्म मुछिएको नोबेल पुरस्कार विवाद
संसारकै सबैभन्दा ठूलो, सबैभन्दा चर्चित र प्रतिष्ठित तर सबैभन्दा विवादास्पद पुरस्कारको नाम हो नोबेल पुरस्कार । भनिन्छ–आफूले आविष्कार गरेको डाइनामाइटबाट वैज्ञानिक अल्फ्रेड नोबेलले अकूत सम्पत्ति त कमाए तर आफ्नाे आविष्कारकाे मानवताविरोधी दुरुपयोग र त्यसले गरेको विध्वंशले दुःखित बनेका वैज्ञानिक नोबेलले मानवताको सेवा गर्नेलाई प्रदान गर्ने गरी पुरस्कारको स्थापना गर्ने इच्छा जाहेर गरेका थिए । र, उनको सोही इच्छालाई मूर्त रुप दिँदै जुन २९, १९०० मा निजी संस्थाको रुपमा नोबेल फाउण्डेसनको स्थापना भएको थियो र सन् १९०१ देखि नोबेल पुरस्कार प्रदान गर्न थालिएको थियो ।
मानवताको सेवा गर्नेलाई प्रदान गर्ने ‘पवित्र चाहना’का साथ स्थापित नोबेल पुरस्कार मानवताविरोधी अपराध कर्ममा लाग्नेहरुले पनि पाएको वा पाउने सूचीमा चढेको भनी बेलाबेलामा निक्कै चर्कौ हल्लीखल्ली र विरोध हुने गरेको छ । विशेषतः पुँजीवादी र समाजवादी खेमामा विश्व विभाजित भएको उत्कर्ष समयमा यो पुरस्कार समाजवादविरोधीहरुलाई पुरस्कृत गर्ने राजनीतिक हतियार बनेको आरोप लाग्ने गरेको थियो । र विवादको त्यही कडीमा निरन्तरता थप्दै पछिल्लो चरणमाअहिले यो पुरस्कारको एउटा विधा शान्ति पुरस्कारमा युद्धपिपासु, जातिवादी आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत नाम मनोनयनमा परेपछि नोबेल पुरस्कार पुनः एक पटक विवादको शिखरमा पुगेको छ ।
अमेरिकामा चुनावी सरगर्मी उत्कर्षमा छ । र, राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि सुखद् खबर छ । उनी सन् २०२१ को नोबेल शान्ति पुरस्कारको मनोनयनमा परेका छन् । यद्यपि, चुनाव आउनभन्दा दुुई महिनाअघिको यो मनोनयन विवादमुक्त छैन ।
अमेरिकामै यसको विरोध भइरहेको छ । नहोस् किन ? प्रहरीले घाँटी थिचेर अस्वेत युवाको हत्या गरेपछि सल्किएको आगो अझै निभेको छैन । ‘ब्ल्याक लाईभ्स म्याटर..’ लेखिएका ब्यानर बोकेर न्याय माग्दै सडकमा होमिएका जनतामाथि ह्वाइटहाउसले गोली ठोक्ने आदेश दिएको पनि धेरै भएको छैन । घरझगडा चर्काउने ट्रम्प मध्यपूर्वमा युुएई र इजरायलबीच वार्ता गराउन भने अहोरात्र खटिए । त्यसैको श्रेय दिएर उग्र दक्षिणपन्थी नर्वेजियन नेता क्रिष्ट्रियन टाइब्रिङ्ग गिजिद्दीले उनको नाम शान्ति पुरस्कारमा मनोनयन गरेका हुन् । ०१८ मा पनि गिजिद्दिी र अर्का एक नर्वेली सांसद्ले ट्रम्पको नाम मनोनयन गरेका थिए, उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध सुधारका लागि भूमिका खेलेको भन्दै, तर उनले पुरस्कार पाएनन् ।
अमेरिकामै यसको विरोध भइरहेको छ । नहोस् किन ? प्रहरीले घाँटी थिचेर अस्वेत युवाको हत्या गरेपछि सल्किएको आगो अझै निभेको छैन । ‘ब्ल्याक लाईभ्स म्याटर..’ लेखिएका ब्यानर बोकेर न्याय माग्दै सडकमा होमिएका जनतामाथि ह्वाइटहाउसले गोली ठोक्ने आदेश दिएको पनि धेरै भएको छैन । घरझगडा चर्काउने ट्रम्प मध्यपूर्वमा युुएई र इजरायलबीच वार्ता गराउन भने अहोरात्र खटिए । त्यसैको श्रेय दिएर उग्र दक्षिणपन्थी नर्वेजियन नेता क्रिष्ट्रियन टाइब्रिङ्ग गिजिद्दीले उनको नाम शान्ति पुरस्कारमा मनोनयन गरेका हुन् ।
अब भने ट्रम्प पुरस्कृत हुनुपर्ने बलियो आधार बनिसकेको गिजिद्दीको दाबी छ । उनको प्रश्न छ, ‘शान्तिका लागि अहिले ट्रम्पजति खट्ने अरु को छन् ?’ अनि जवाफ पनि उनैसँग छ,‘ ट्रम्पले अफगानिस्तान र ईराकबाट सेना फर्काए । मध्यपूर्वमा स्थायी शान्तिका लागि पहल गरिरहेका छन् ।’
तर, अमेरिकी म्यागेजिन ‘द एटलान्टिक’ मा ग्रेइमी उडको फरक मत छापिएको छ । ‘१ सय २० वर्षे इतिहासमा १९ पटक नोबेल कमिटीले शान्ति पुरस्कार प्रदान गरेन, त्यो इतिहास अब स्थायी रुपमा ब्युताउँनुपर्छ । नत्र, पुरस्कार प्राप्त गर्नेहरुको योग्यता र गरिमाबारे पटक–पटक सोच्नुपर्छ । अहिलेसम्म निकै लचिलो भएर पुरस्कार बाँडिएको छ ।’
युुएईका सर्वशक्तिमान् राजा र ईजरायलका प्रधानमन्त्रीले कागजी हस्ताक्षर गर्दैमा रातारात जन–जनको सम्बन्ध नसुुध्रने उडकोे तर्क छ । सम्झौताबारे उनी लेख्छन्,‘ईजरायल र उसका छिमेकीबीचको झगडा मिलाएको भन्दै अहिलेसम्म तीनजनाले नोबेल शान्ति पुरस्कार जितिसकेका छन्, अन्तर्राष्ट्रिय संस्था रेडक्रसले अहिलेसम्म गरेको समाजसेवका लागि जितेको पनि यति नै हो । जबकी, प्यालेस्टाइनसँग युद्ध जारी नै छ ।’
ट्रम्पको मनोनयनबारे उडको निष्कर्ष छ –‘शान्ति पुरस्कारसँग मौका थियो, खेर गयो ।’
आलोचकहरु ट्रम्पलाई नश्लीय चिन्तन भएका शासक ठान्छन् । ‘ट्रम्पको अमेरिका अहिलेसम्मकै सबैभन्दा विभाजित किन छ ?’ शीर्षकमा अलजजिरा डटकममा ९ अगस्त २०१९ मा बब अवेस हाउसले लेखेका छन्, ‘रिपब्लिकन पार्टीले सच्चा राष्ट्रवादी पहिचानलाई आधारभूत रुपमा त्यसरी नै हेर्छ, जसरी कुनै समय अमेरिकालाई एउटा स्वेत र क्रिष्ट्रियन राष्ट्रका रुपमा हेरिन्थ्याें ।’
आप्रवासीको लहर रोक्न छिमेकी मेक्सिकोको सीमामा पर्खाल लगाउने वाचा गरेर ट्रम्प राष्ट्रपति चुनिएका हुन्, भौतिक पर्खाल ठड्याउने अभिलाषा पूरा नभएपनि उनको पहिलोे कार्यकाल अन्त्यतिर आइपुुग्दा अमेरिकामा अश्वेत र श्वेतबीच गहिरो सामाजिक विभाजन निम्तियो । यसलाई मलजल गर्ने काम ह्वाइटहाउसकै नेतृत्वमा भएको विपक्षीहरुको आरोप छ । जलवायु परिवर्तनको रोकथाममा ट्रम्पलाई कत्ति पनि रुची छैन, उनी यसलाई समस्या नै ठान्दैनन् । बरु, आणविक सम्झौता तोड्दै ईरानी जनतालाई नाकाबन्दी थोपरेर दुख दिन उनलाई मज्जा आयो । चीनसँग ट्रम्प प्रशासनले छेडेको आर्थिक युद्धको मार प्रत्यक्ष–परोक्ष रुपमा सिंगो विश्वले खेपिरहेकै छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा उनी असफल भए ।
तर, विगतमा ट्रम्पभन्दा ज्यादा अवगुण भएका व्यक्तिहरुले नोबेल पुरस्कार जितेको इतिहास छ, त्यसैले उनको मनोनयन अनौठो भने होइन । जस्तो, पूर्व अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार (पछि गएर विदेशमन्त्री ) हेनरी किसिन्जरलाई पुरस्कार दिने विषयमा मत विभाजित हुँदा नोबेल कमिटीका दुुई सदस्यले राजिनामा गरेका थिए । देशभित्रै अलोकप्रिय किसिन्जरलाई पुरस्कृत गर्नुु नोबेल कमिटीको अहिलेसम्मकै ठूला भूलमध्ये एक हो भन्ने मत निक्कै बलियो छ ।
सुरुमा नोबेल कमिटीले उत्तरी भियतनामका सैनिक नेता लो डक थो र किसिन्जगरलाई संयुक्त विजेता घोषणा गरेको थियो, थोले यो पुरस्कार अस्विकार गरे । उनीहरुले १९७३ को पेरिस सम्झौतामार्फत भियतनाम युद्ध रोक्न भूमिका खेलेको कमिटीको ठहर यर्थाथपरक निस्किएन । सम्झौतामा अमेरिकी सेनाको फिर्ती, स्थायी युद्धविराम र शान्तिपूर्ण एकिकरणबारे उल्लेख भएपनि अमेरिकी सेना फर्कनुुबाहेक अन्य दुुई उपलब्धि हासिल भएन । १९७४ मा युद्ध उत्कर्षमा पुुग्यो, अर्को वर्ष पेरिस सम्झौताविपरीत उत्तरी फौजले बलपूर्वक दक्षिण भियतनामको राजधानी साइगन कब्जा गर्यो ।
सैनिक पृष्ठभूमिका किसिन्जरलाई युद्धमा मज्जा आउथ्यों, भियतनाम युद्धकै दौरान कम्बोडियामा हेलिकोप्टमार्फत बम खसाल्ने कमाण्डरमध्ये उनी एक थिए । बंगलादेश स्वतन्त्रताका क्रममा भएको प्रदर्शन दबाउन पाकिस्तानले जातिय हिंसा र ज्यादती गरेर उत्पात् मच्चाएपनि अमेरिकाले साथ दिइरह्यो, अर्कोतर्फ चिली, ब्राजिल,उरुग्वे, अर्जेन्टिनालगायत देशका सैन्य शासकले आफ्नै नागरिकमाथि दमन गर्दा पनि अमेरिकी सरकारले साथ दिइरह्यो । किसिन्जरको पुुरस्कारप्रति लज्जावोध गर्दै न्युुर्योक टाइम्सले यसलाई ‘नोबेल वार प्राइज’ भन्यो ।
सैनिक पृष्ठभूमिका किसिन्जरलाई युद्धमा मज्जा आउथ्यों, भियतनाम युद्धकै दौरान कम्बोडियामा हेलिकोप्टमार्फत बम खसाल्ने कमाण्डरमध्ये उनी एक थिए । बंगलादेश स्वतन्त्रताका क्रममा भएको प्रदर्शन दबाउन पाकिस्तानले जातिय हिंसा र ज्यादती गरेर उत्पात् मच्चाएपनि अमेरिकाले साथ दिइरह्यो, अर्कोतर्फ चिली, ब्राजिल,उरुग्वे, अर्जेन्टिनालगायत देशका सैन्य शासकले आफ्नै नागरिकमाथि दमन गर्दा पनि अमेरिकी सरकारले साथ दिइरह्यो । किसिन्जरको पुुरस्कारप्रति लज्जावोध गर्दै न्युुर्योक टाइम्सले यसलाई ‘नोबेल वार प्राइज’ भन्यो । कुटनीतिज्ञ जर्ज बलले भनेका थिए, ‘नर्वेलीहरुसँग सेन्स अफ ह्युुमर हुनैपर्छ । त्यसैले यस्तो निर्णय आयो ।’ विरोध बढ्दै गएपछि किसिन्जरले आफंै पुरस्कार फिर्ता गर्ने निर्णय पनि लिए, तर एकपटक दिइसकेको सम्मान फिर्ता लिन नमिल्ने नोबेल कमिटीको नियम बाधक बन्यो ।
किसिन्जरअघि कोर्डेल हुलको विजयले नोबेलको प्रतिष्ठामा हिलो छ्यापेको थियो । राष्ट्रसंघ स्थापनाको पहल गरेको भन्दै १९४५ मा अमेरिकी विदेशमन्त्री हुललाई पुरस्कार दिइयो, तर ६ वर्षअघि उनले प्रदर्शन गरेको राजनीतिक स्वार्थ संझन नोबेल कमिटीले आवश्यक ठानेन । ४ जुन १९३९ मा शरण खोज्दै जर्मनीको ह्यामवर्गबाट अमेरिका आएका ९ सय ३६ जना यहुदीहरु सवार पानीजहाजलाई जर्बजस्ती फिर्ता पठाउन कोर्डेलको भूमिका अहं् थियो । तत्कालीन राष्ट्रपति फ्रयाङ्कलिन रुजवेल्ट शरणार्थीलाई आफ्नो भूमिमा प्रवेश दिनुपर्ने पक्षमा उभिएका बेला विदेशमन्त्री कोर्डेलले राष्ट्रपतिको सार्वजनिक विरोध गरे । ‘यहुदीलाई शरण दिएमा अर्को चुनावमा म तपाईलाई दिएको समर्थन फिर्ता लिनेछुु,’ कोर्डेलको धम्की थियो । उनले दक्षिणी भेगका मतदाता रिझाउन यस्तो गरेका थिए । प्रतिफल, रुजेवेल्ट प्रशासनले जहाजलाई अमेरिका प्रवेशको स्विकृति दिएन । यो जहाज होलोकाउस्ट (हिटलरद्धारा यहुदीको जातिय सफाया) पूर्वसन्ध्यामा युरोप फर्कन बाध्य भयो, इतिहासकारहरुका अनुसार जहाजमा सवार २ सय ५४ जना यात्रु हिटलरको नाजी सेनाबाट मारिए ।
रोचक कुरा, दोस्रो विश्वयुद्धका सुुत्रधार हिटलर आफैं कुनै समय यस पुरस्कारको मनोनयनमा परेका थिए, उनलाई १९३९ मा स्विडिस सांसद् इडिटी ब्रान्डटले मनोनित गरेका थिए । ब्रान्डट हिट्लर विरोधी थिए । तर, केही स्विडिस सांसद्ले तत्कालीन बेलायती प्रधानमन्त्री नेभिल चेम्बरलिनलाई खुसी पार्न शान्ति पुरस्कारका लागि मनोनित गरे, उनीहरुलाई व्यङ्ग्य गर्न ब्रान्डटले हिटलरलाई मनोनयन गरे । तर, उनले केही समयमै नाम फिर्ता पनि लिए, खासमा यस वर्ष कसैलाई पुरस्कार नै दिइएन ।
रोचक कुरा, दोस्रो विश्वयुद्धका सुुत्रधार हिटलर आफैं कुनै समय यस पुरस्कारको मनोनयनमा परेका थिए, उनलाई १९३९ मा स्विडिस सांसद् इडिटी ब्रान्डटले मनोनित गरेका थिए । ब्रान्डट हिट्लर विरोधी थिए । तर, केही स्विडिस सांसद्ले तत्कालीन बेलायती प्रधानमन्त्री नेभिल चेम्बरलिनलाई खुसी पार्न शान्ति पुरस्कारका लागि मनोनित गरे, उनीहरुलाई व्यङ्ग्य गर्न ब्रान्डटले हिटलरलाई मनोनयन गरे ।
सोभियत युनियनका महासचिव जोसेफ स्टालिन १९४५ र १९४८ मा गरी दुुईपटक यस पुरस्कारको सिफारिसमा परे । विश्वयुद्ध अन्त्यका लागि खेलेको भूमिकाका कारण उनलाई मनोनयन गरिएको थियो । तर, कालान्तरमा स्टालिन विरोधीहरुप्रति निरङ्कुश बन्दै गए । इतिहासकारहरुका अनुसार स्टालिनको शासनकालमा झन्डै २ करोड मानिसहरुको हत्या भएको थियो ।
सुकी र ओबामा
शान्तिकी संवाहक भनेर चिनिएकी आन सान सुकी सत्तामा पुुगेपछि युद्धकी महारानी बनिन् । सैनिक शासन अन्त्य गर्दै देशमा प्रजातन्त्र स्थापना गर्न सुकीले गरेको प्रयासको पुरै विश्वले प्रशंशा गरेको थियो, उनले १९९१ मा शान्ति पुरस्कार जितिन् । १९८९ देखि २०१० को अवधिमा झन्डै १५ वर्ष घरमै नजरबन्द झलेकी सुकीलाई प्रतिष्ठित टाइम म्यागेजिनले महात्मा गान्धीका उत्तराधिकारीको सुचीमा समेत राख्यो । तर जब सत्तामा पुगिन्, त्यसपछि सुकी फेरिइन् । पहिले, जोविरुद्ध संघर्ष गरेकी थिइन्, अहिले त्यही सेना उनको प्रिय भयो । अल्पसंख्यक रोहिंग्या शरणार्थीमाथि म्यानमारका सैनिकले ज्यादती गर्दा यी नेतृ चुप छिन् । धेरै संघसंस्थाले सुकीलाई दिइएको नोबेल पुरस्कार खोस्नुपर्ने माग पनि राखेका छन् । तर, पुरस्कार खोस्न नमिल्ने नोबेलको नियम यहाँ पनि बाधक बन्यो ।
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामालाई दिइएको पुरस्कार पनि विवादमुक्त छैन । राष्ट्रपति कार्यकाल सम्हालेको ९ महिनामै २००९ मा ओबामाले शान्ति पुरस्कार जिते । अमेरिकी नेतृत्वप्रति विश्वले देखाएको आशा र भरोसाका रुपमा यस सम्मानलाई लिएको ओबामाको प्रतिक्रिया थियो । तर, ओबामाले विश्व शान्तिका लागि भूमिका खेल्ने विश्वास पुरा भएन । उनको कार्यकालमा त्यस्तो कुनै दिन थिएन, जतिबेला अमेरिकी सेना लडाइँको मैदानमा नहोस् ।
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामालाई दिइएको पुरस्कार पनि विवादमुक्त छैन । राष्ट्रपति कार्यकाल सम्हालेको ९ महिनामै २००९ मा ओबामाले शान्ति पुरस्कार जिते । अमेरिकी नेतृत्वप्रति विश्वले देखाएको आशा र भरोसाका रुपमा यस सम्मानलाई लिएको ओबामाको प्रतिक्रिया थियो । तर, ओबामाले विश्व शान्तिका लागि भूमिका खेल्ने विश्वास पुरा भएन । उनको कार्यकालमा त्यस्तो कुनै दिन थिएन, जतिबेला अमेरिकी सेना लडाइँको मैदानमा नहोस् । ईराक र अफगानिस्तानबाट सेना फिर्ता गर्ने वाचासहित राष्ट्रपति चुनिएका ओबामाले उल्टै सिरियासहितका मध्यपूर्वका देशमा सैन्य हस्तक्षेप बढाए । जसकारण, नोबेल कमिटीका तत्कालीन महासचिव गेइर लुन्डेस्टाडले २०१५ मा आएर ओबामालाई पुरस्कार दिने निर्णयबारे पछुतो गरेका थिए ।
‘द एटलान्टिक’मा ग्रेइडी उड लेख्छन्,‘शान्तिको मुल्याङकन बिऊबाट होइन, यसको फलबाट हुन्छ । फल हुर्कनका लागि दशकौं लाग्छ । त्यसैले बिऊका लागि पुरस्कार दिनु भनेको जोखिम मोल्नु हो । ट्रम्पजस्ता चर्चाका लागि पुरस्कार थाप्न लालयितहरुलाई मनोनयन गरेर ट्रोल गर्नभन्दा बरु यसलाई बन्द गर्नु राम्रो हुन्छ ।’
गान्धीले कहिल्यै पाएनन्
१९४८ मा गान्धीको नाम छैटौंपटक मनोनयनमा पर्यो । तर, नोबेल कमिटीले त्यसलाई अनुमोदन गर्ने अन्तिम समयसीमा सकिन केही दिनअघि ३० जनवरीमा नयाँ दिल्लीमा उनको हत्या भयो । त्यसैले, ‘मृतक व्यक्तिलाई मनोनयन गर्ने नियम’ नभएको भन्दै गान्धीको नाम हटाइयो । यस वर्ष कसैलाई पनि शान्ति विधातर्फ पुरस्कार दिइएन । दशकौंपछि यसबारे नोबेल कमिटीले सार्वजनिक माफी माग्यो ।
विश्वका आम र बहुसंख्यक मानिसहरुले सही ठानेका व्यक्तिहरुले पुरस्कार नपाएका कारण पनि नोबेल पुरस्कार विवादमा तानिएको इतिहास छ । अहिंसावादी नेता महात्मा गान्धीलाई ६ पटक मनोनयन गरिएपनि कहिल्यै यो पुरस्कार दिइएन । १९४८ मा गान्धीको नाम छैटौंपटक मनोनयनमा पर्यो । तर, नोबेल कमिटीले त्यसलाई अनुमोदन गर्ने अन्तिम समयसीमा सकिन केही दिनअघि ३० जनवरीमा नयाँ दिल्लीमा उनको हत्या भयो । त्यसैले, ‘मृतक व्यक्तिलाई मनोनयन गर्ने नियम’ नभएको भन्दै गान्धीको नाम हटाइयो । यस वर्ष कसैलाई पनि शान्ति विधातर्फ पुरस्कार दिइएन । दशकौंपछि यसबारे नोबेल कमिटीले सार्वजनिक माफी माग्यो । ‘हाम्रो इतिहासमा सबैभन्दा ठूलो गल्ती निर्विवाद रुपमा गान्धीले पुरस्कार नपाउनु हो,’ २००६ मा गेइर लुन्डेस्टारले भनेका थिए । उनको बुुझाईमा सायद, गान्धीलाई पुरस्कार आवश्यक नहोला, तर गान्धी आफ्नो सुचीमा नअटाउँदा नोबेल कमिटीलाई खल्लो भइरहनेछ ।
गान्धीबाटै प्रभावित भएर अहिंसाको बाटोमा रोजेका मार्टिन लुुथर किङ जुनियर र नेल्सन मण्डेला त्यस्ता व्यक्ति हुन्, जसले पुरस्कार जितेकोमा आज पनि सिंगो संसारले गर्व गर्छ । गर्व गर्नलायक विजेताको सुचीमा समाजसेवी सन्त मदर टेरेजा छुुट्ने कुरै भएन, विश्वभरका विपन्न र असहायहरुलाई सहयोग पुुर्याउने उनको अभियानमा शान्ति पुरस्कार ठूलो हौसला थियो ।
(एजेन्सीको सहयोगमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन