शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाईकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी भण्डारी घाइते

आइतबार, २८ भदौ २०७७, २२ : ५०
आइतबार, २८ भदौ २०७७

काठमाडौं । मोटरसाईकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित सिंह भण्डारी घाइते भएका छन् । कञ्चनपुरको झलारी बजारमा भण्डारी सवार मोटरसाईकल लाई मिनी ट्रकले ठक्कर दिएको छ । महेन्द्रनगरबाट झलारीतर्फ जाँदै गरेको भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाईकल र  महेन्द्रनगरतर्फ आईरहेको से १ ख १३२४ नम्बरको मिनि ट्रक आपसमा ठोक्किएको थियो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) अमर थापाकाअनुसार मोटरसाईकलमा भण्डारीसँगै सवार करन ठगुन्ना पनि घाइते भएका छन् । उनीहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।  मोटरसाइकललाई ठक्कर दिने मिनि ट्रकका चालक फरार छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप