बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा पत्रकार आन्दोलित

आइतबार, २८ भदौ २०७७, २२ : १३
आइतबार, २८ भदौ २०७७

कैलाली । कैलालीमा दिनेश सञ्चार गृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्नेलाई कार्बाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकारमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै पत्रकार आन्दोलित भएका हुन् । धनगढीमा नेपाल पत्रकार महासंघ कैलालीको अगुवाईमा बसेको भेलाले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

सोही बमोजिम  आज धनगढीको पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालयसम्म र्यालीको आयोजना गरिएको थियो । सभालाई समबोधन गर्दे  नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वारले सञ्चारगृहमा गएर पत्रकार माथि कुटपिट गर्नेलाई तत्काल पक्राउ गर्न प्रशासन उदासिन रहेको बताए । महासंघका केन्द्रिय सदस्य मिन बमले गुण्डागर्दी शैलीमा पत्रकारमाथि भएको आर्कमणको निन्दा गर्दै आक्रमणकारीलाई तत्काल कार्वाही गर्न माग गरे ।

कोणसभालाई नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष दिर्घराज उपाध्याय र भरत शाह, आदीवासी जनजाती पत्रकार महासंघका प्रदेश अध्यक्ष भीम चौधरी, थारु पत्रकार संघका केन्द्रिय उपाध्यक्ष उन्नती चौधरी, नेपाल प्रेस युनियनका कैलाली अध्यक्ष श्रवण देउवाले पनि सम्वोधन गरेका थिए। 

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका २० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षमै १९ वर्षीय युवकले गरे आत्महत्या शिर्षकको समाचार दिनेश खवरमा प्रकाशन भएको थियो। तर दिनेश खवरमा पुगेका युवाहरुले भने आत्महत्या नभई हत्या भएको भन्दै सञ्चारमाध्यममा आक्रमण गरेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप