केन्द्रीय संस्करण
समाचार

भक्तपुर घटनाको पोष्टमार्टम : श्रीमती–छोराको टाउकोमा चोट, छोराको घाँटी काटेको भेटियो

person explore access_timeभदौ २८, २०७७ chat_bubble_outline0

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत फेला परेका थिए, सुदीप अधिकारी दम्पती र छोरा सुशान्त ।

शुक्रवार साँझ मृत फेला परेका उनीहरुको भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा शव परीक्षण गरिएको छ । शव परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी छ । तर, प्रारम्भिक रिपोर्ट अनुसार सुदीप पत्नी सम्झना र छोरा सुशान्तको टाउकोमा चोट देखिएको छ ।

‘छोरा सुशान्तको टाउकोमा चार पटक र श्रीमतीको टाउकोमा तीन पटक दाउले हिर्काएको देखिन्छ,’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने–‘सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट छ ।’

सुदीपको शरीरमा चोट छैन् । उनले विष खाएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट पनि खुलेको छ । मुसा मार्ने ‘सेल्फस’नामक विषको दुईओटा बाहिरी खोल घरबाहिर बारीमा भेटिएको छ । विषको बट्टा घरको छतबाट फाल्दा बारीमा पुगेको हुनसक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

घरको पहिलो तल्ला जहाँ सुशान्त मृत भेटिए, त्यहाँ फलामको बिँड भएको दाउ र भान्सामा प्रयोग हुने चक्कु फेला परेको थियो । सुदीपले पहिलो श्रीमती र त्यसपछि छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

श्रीमती–छोराको भिसेरा परीक्षण गर्न प्रहरीले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा स्याम्पल पठाएको छ ।

घर बैङ्कमा धितो

सुदिप अधिकारी जगातीस्थित ओम्निका ल्याबोरेटरिजमा काम गर्थे । तर, अत्यधिक मदिरा सेवन गर्ने उनको बानीका कारण सो औषधि कम्पनीले उनलाई जागिरबाट निकाल्यो ।

पछिल्लो समय अधिकारी दम्पतीले निकोसेरास्थित घरको सटरमा किराना पसल चलाउँथे । १ आना तीन पैसामा बनेको सो घर बैङ्कमा धितो थियो । १ वर्षअघि कृषि विकास बैंकमा २३ लाख ८५ हजार ऋण लिएर उनीहरुले घर धितो राखे ।

किराना पसलमा सामान थप्न लकडाउन शुरु भएपछि ससुरालीसँग २ लाख ऋण लिए । ऋणको बोझ थियो, आम्दानी थिएन् । ब्याज तिर्न नसक्ने अवस्था भएपछि घरमा दैनिक झगडा हुन थाल्यो । ऋणको बोझ र घरझगडाले सुदीपले श्रीमती र छोरासँगै आफ्नो ईहलिला आफैंले समाप्त पारेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.