शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा निषेधाज्ञाको अवधि असोज ४ गतेसम्मका लागि थप

आइतबार, २८ भदौ २०७७, २० : ३७
आइतबार, २८ भदौ २०७७

बुटवल । कोरोना नियन्त्रणको लागी जारी गरेको निषेधाज्ञा रुपन्देहीमा असोज ४ गतेसम्मका लागि थप गरिएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा आइतबार राति १२ बजेदेखि असोज ४ गतेसम्म निषेधाज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको आदेशमा जनाएको छ ।

बैठकपछि  जारी सूचनामा यातायात व्यवसायीले गाडी चलाउन पाउनुपर्ने माग गरेपनि रुपन्देही प्रशासनले यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाएको  नै उल्लेख छ ।

सभा गोष्ठी, तालिम, सेमिनार, पार्टीप्यालेस, सैलुन, समूहमा खेलिने खेलहरु पनि बन्द रहने सुचनामा जनाएको छ । 

अति आवश्यक उपभोग्य वस्तु र सेवा, औषधिजन्य वस्तु र सेवा बाहेकका अन्य व्यापार व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गनुपर्ने यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टरहरु, मठमन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका काम गर्न रोक लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप