मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा १ सय १३ जना प्रहरी कोरोना सङ्क्रमित

आइतबार, २८ भदौ २०७७, २० : २३
आइतबार, २८ भदौ २०७७

सुदूरपश्चिम प्रदेशमा आज थप ७६जनामा कारोना सङ्क्रमणको पुष्टि भएको छ ।  सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा र डोटी जिल्ला अस्पतालका प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम र डडेलधुराका थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको सामाजिक मन्त्रालयले जनाएको छ । 

यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३३५पुगेको छ । सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक  सङ्क्रमितको स्वास्थ्यवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।  उनको प्लाज्मा थेरापी विधिवाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । 

हालसम्म कोरोनाका कारण कैलालीका छ, बझाङ र बाजुराका दुईदुई र अछाममा एक जनासमेत ११ जनाको मृत्यु भएको छ । यही भदौ १० गते यता कोरोना भाइरसको मृत्यु दर स्थिर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप