बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं  १ मा एक लाखको कोरोना परीक्षण, २ मा १२ हजार सङ्क्रमित

आइतबार, २८ भदौ २०७७, २० : १२
आइतबार, २८ भदौ २०७७

प्रदेश नं १ मा आजसम्म एक लाख सात हजार ५३३ जनाको पिसिआर परीक्षण  भएको छ । उक्त परीक्षणमा चार हजार ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको छ ।
प्रदेशमा गत २४ घण्टाका अवधिमा ४६ सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा ५४७ जनाको परीक्षण गरिएकामा २० महिला र २६ पुरुषमा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेशमा आज सात सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरु सबै मेची अस्पताल झापाबाट  निको भएका हुन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या दुई हजार ६३ पुगेको छ ।

महानगरको सेवा असोज २ सम्म बन्द

विराटनगरपालिकाकाबाट प्रदान गरिने सेवा यही भदौ २९ देखि असोज २ गतेसम्मका लागि  बन्द गरिएको छ ।  महानगरद्वारा  आज जारी सूचनामा नगरका केही जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले रोकथाम,  न्यूनीकरण तथा नियन्त्रणका लागि नगर कार्यपालिका कार्यालय र मातहतबाट प्रवाह हुने सेवा (अत्यावश्यकबाहेक)बन्द गरिएको उल्लेख गरिएको छ । 

महानगरले प्रदान गर्ने स्वास्थ्य, सरसफाइ, वारुणयन्त्र र एम्बुलेन्स सेवा भने चल्ने छ । यसैबीच महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल कोरोना भाइरसबाट आज सङ्क्रमित भएका थिए।

 महानगरका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले अधिकृत पोखरेलको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको पुष्टि गरे । यसअघि वडा नं २ र ५ का वडाध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्य पनि सङ्क्रमित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप