
नारायणहिटी संग्राहलयमा नेपाली सेनाको जहाज, हेर्नुहोस् १० तस्बिरमा

काठमाडौँ । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाउँदै लगिएको नेपाली सेनाको जहाज दरबारमार्गस्थित नारायणहिटी संग्राहलयमा राखिएको छ । भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलयमा राखिएको हो ।
एभ्रो एयर क्राफ्टको जहाज सडकमा गुडाएरै नारायणहिटी संग्राहलयमा पुर्याइएको थियो । ‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएर ‘एसेम्बल’ गरिएको छ । संग्राहलयमा राखिएको उक्त जहाज घुम्न जाने सर्वसाधारणले हेर्न पाउनेछन् । यो कुनै समय नेपाली सेनासँग भएको सबैभन्दा बढी क्षमता भएको जहाज हो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ