केन्द्रीय संस्करण

धनुषामा पुनः थपियो एक साताको लागि निषेधाज्ञा

person explore access_timeभदौ २८, २०७७ chat_bubble_outline0

जनकपुर । धनुषामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको समयअवधि पुनः एक साताको लागि थप गरेको छ । लामो समयसम्म निषेधाज्ञा थपिदैँ जादाँ यसको विरोधमा व्यापारीहरुले सांकेतिक विरोध गरिरहदाँ यसपाली भने निषेधाज्ञालाई खुकुलो पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयावधि थप्दैँ भदौँ २८ गते आइतबार राति १२ बजेपछि सकिन लागेपछि पुनः असोज ४ गते आइतबार राति १२ बजेसम्मका लागि थप्दैँ निषेधाज्ञालाई खुकुलो समेत पारिएको छ ।

जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आईतबारको निर्णय अनुसार किराना, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाईने निर्णय गरिएको छ । त्यस्तै निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न समेत पाईने जनाइएको  छ ।

त्यसैगरी जिल्ला भित्र सबै प्रकारका निजी सवारी साधनहरु जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने तथा सबै कार्यालयबाट स्वास्थ्य सम्बन्धी मापदण्ड कार्यालय प्रमुखले पालना गर्ने गराउने गरि सबै प्रकारका सेवाहरु सुचारु गर्ने निर्णय गरिएको छ ।

त्यस्तै सैलुन, ब्युटीपार्लर, हटिया, सब्जीमण्डी, जिमखाना, सिनेमा हल, पार्टीप्यालेस तथा सपिंग मलहरु बन्द राख्न प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ७ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञाको समयावधि थपिएको प्रजिअ भट्टराई बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.