शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा बाढी पहिरोबाट प्रभावित जिल्लामा राहत सामाग्री प्रदान

आइतबार, २८ भदौ २०७७, १६ : ०६
आइतबार, २८ भदौ २०७७

काठमाडौं । भारत सरकारले बाढी पहिरोबाट प्रभावित नेपालका विभिन्न जिल्लामा राहत प्रदान गरेको छ । टेन्ट तथा त्रिपाललगायतका सामग्री जनता समाजवादी पार्टीकी नेतृ एवं सांसद चन्दा चौधरीलाई प्रदान गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

सो राहत सामग्री कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गरिने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । भारत सरकारको तर्फबाट दूतावासका नियोग उपप्रमुख नामग्य सी.खम्पाले सांसद चौधरीलाई सो सामाग्री प्रदान गरेको दूतावासले जनाएको छ । 

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामाग्री नेपाललाई दिएको हो । सो राहत सामाग्री आजै प्रतिनिधिसभामा सभामुख अग्नी सापकोटाको निर्वाचन क्षेत्रमा वितरण गरिने जनाइएको छ । सिन्धुपाल्चोकको बाह्रविसेमा हिजो आएको पहिरोबाट ठूलो जनधनको क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप