कुलमानको कार्यकाल आज सकिँदै, ‘बिदाइको तयारी छैन’
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिँदैछ । २०७३ साल भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिन लागेको हो । दैनिक १४ घण्टा लोडसेडिङ भएको समयमा प्राधिकरणमा आएका घिसिङलाई देशमा लोडसेडिङ अन्त्य गरेको जस जान्छ ।
कार्यकारी निर्देशकको रुपमा आएको ६ महिनामै घिसिङले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए । त्यसलगत्तै देशका प्रमुख शहर, सबै क्षेत्रका घरायसी ग्राहक हुँदै २०७५ बैशाख ३१ गते घरायसी र औद्योगिक ग्राहक सबैलाई लोडसेडिङमुक्त गराएका थिए ।
यो अवधिमा ३४ अर्ब सिञ्चित नोक्सानमा रहेको प्राधिकरणलाई करिब ५ अर्ब सिञ्चित नाफामा पुर्याउने र वार्षिक ८ अर्ब रुपैंया घाटा रहेको प्राधिकरणलाई ११ अर्ब नाफाको बलियो अवस्थामा पुर्याउने जस समेत उनैले पाएका छन् ।
बिदाइको तयारी छैन
घिसिङको कार्यकाल सकिए पनि हालसम्म उनको बिदाईका लागि कुनै पनि तयारी गरिएको छैन । हालसम्म बिदाईको लागि कुनै तयारी नभएको घिसिङको सचिवालयले जनाएको छ । अर्को एक कार्यकाल प्राधिकरणमै बिताउन चाहेका उनलाई पुनर्नियुक्ति गर्नुपर्ने माग उठे पनि अन्तिम दिनसम्म उनको नियुक्ति भएको छैन ।
प्रधानमन्त्री केपी शर्माओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच घिसिङलाई फेरि दोहोर्याउने सहमति भएअनुसार उर्जा मन्त्रालयले उनलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव तयार पारिसकेको जनाएको छ । प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भए उनको अर्को कार्यकालको बाटो खुल्नेछ ।
पुनर्नियुक्तिको हल्ला बाहिर आएसँगै प्राधिकरणले उनको बिदाइको औपचापरिक कार्यक्रम नगरेको प्राधिकरण स्रोतले जनाएको छ । यद्यपि महिनौंदेखि कुलमान दोहोरिनुपर्ने माग गर्दै आएकाहरु अन्तिम दिनसम्म पनि उनको पुनर्नियुक्तिबारे अन्यौलमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवविवाहित युवतीको मृत्यु, हत्या गरिएको माइती पक्षको दाबी
-
‘प्राधिकरणले गर्मीको बेला सूचनाबिना लाइन काट्यो’
-
आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता ‘डेट एक्सपायर’ भए : डाँगी
-
‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’
-
‘कसैले कोहीसँग भेटेर तस्बिर खिचाउँदैमा गठबन्धनमा कुनै असर पर्दैन’
-
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का