शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा नेपाली खेलाडी घिमिरेको कीर्तिमान

आइतबार, २८ भदौ २०७७, १५ : ३९
आइतबार, २८ भदौ २०७७

काठमाडौं । नेपाली खेलाडी अबिरल घिमिरेले जापानमा अर्को सफलता हात पारेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आइबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका हुन् ।

उनले २५ वर्षीय जापानिज खेलाडी थातुयालाई पहिलो पराजित गरेका हुन् । काठमाडौंकोे चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई पहिलो राउन्डमा नै नकाआउट हानेका थिए ।जीतपछि निकै हर्षित मुद्रामा घिमिरेले भने, ‘मुलुकको नाम राख्न सकेकोमा खुशी लागेको छ । यो जित भने क्यारियरकै महत्वपूर्ण जितका रुपमा हेरेको छ ।'

'आगामी दिनमा पनि नेपालको झण्डा बोकी विश्वसामु देशको नाम चम्काउन प्रयासरत रहन्छु' घिमिरेले  भने । व्यवसायीक खेल खेल्दै आएका अबिरल घिमिरेले पहिलो राउण्डमै नकआउट हान्दै आफ्नो बेल्टलाई पुन: संरक्षण गर्न सफल भएका हुन् ।

अबिरल नेपालमा चर्चित किक बक्सिङ करातेका पूर्व चर्चित खेलाडी देव घिमिरेको छोरा हुन् । लामो समयदेखि उनी जापानमा रहेका आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन् । प्रशिक्षक तथा पीता देब घिमिरेले अविरलको उमेर र अनुभव कम भए पनि अन्तर्राष्ट्रिय अनुभव बटुलेका व्यावसायिक खेलाडीलाई हराउनु निकै गर्वको विषय भएको बताए ।

उनले विभिन्न राष्ट्रका खेलाडीहरूसंग १४ वटा भिडन्तमा १३ वटामा जित हासिल गरेका थिए भने एक म्याच बरावरीमा रोकिएको थियो । आजको चर्चित हित ४७ खेल जापानको टोकियोस्थित टोकियो टावरमा भएको संचालन भएको थियो ।मोहन महर्जन ड्र्यागनले पनि ३ राउण्डको खेलमा प्रतिद्वन्दीलाई अकको आधारमा पराजित गर्दै जित हात पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप