केन्द्रीय संस्करण

अब कोरोना परीक्षणको शुल्क २ हजार मात्र !

person explore access_timeभदौ २८, २०७७ chat_bubble_outline0

काठमाडौं । बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पीसीआर परीक्षण गराउन सकिने भएको हो ।

सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालीले जनाएको छ । विधका संचालक भीमकान्त भण्डारीका अनुसार बढ्दो संक्रमणलाई मध्यनजर गर्दै परीक्षणको दायरा बढाउनपर्ने अवस्थालाई मध्यनजर गर्दै परीक्षण शुल्क घटाइएको हो ।

अब यो कोरोना उन्मुलन गर्नपर्ने अवस्थामा पुगेको भन्दै भण्डारीले भने, ‘हामीले ल्याबमा लाग्ने खर्चमात्र राखेर सरकारलाई कोरोना परीक्षणको दायरा बढाउन सहयोग पुग्ने उद्देश्यले रेट घटाएका हौं ।’

उनका अनुसार यो योजना अहिलेलाई ३० दिनका लागि मान्य हुनेगरी शुल्क घटाइएको हो । सरकार र जनस्तरबाट आएको प्रतिक्रियाबाट समन्वय गरेर आवश्यक परेको खण्डमा ३० दिनपछि पुनः शुल्कबारे सोच्न सकिने उनको भनाइ छ ।

सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै ल्याबले ध्वस्त हुँदै गएको अर्थतन्त्रलाई पनि ध्यान दिनेगरि कम शुल्कमा धेरै परीक्षण गराउन आफूहरु लागि परेको बताए ।

साथै, वैदेशिक रोजगारीमा जानेहरुका लागि अझै १ सय छुट गरिएको बिधले जनाएको छ । संचालक भण्डारीका अनुसार दुःख पाएर विदेश जानपर्ने अवस्था भएर रोजगारीको शिलशिलामा जानेहरुका लागि १९ सय रुपैंयामा नै कोरोना परीक्षण गराइनेछ ।

गत १३ साउनमा सरकारबाट मान्यता लिएर कोरोना परीक्षण गराउँदै आएको यस ल्याबले यसअघि पनि सरकारले तोकेको भन्दा सस्तोमा परीक्षण गराउँदै आएको थियो ।

ल्याबले दैनिक ४ हजार भन्दा बढी कोभिड परीक्षण गर्न सकछ । छिटो र छरितो रुपमा परीक्षण गराउँदै आएको यस ल्याब ललितपुरको कुपण्डोलमा छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.