शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीबाट ३०९ किलो गाँजा बरामद

आइतबार, २८ भदौ २०७७, १३ : ५०
आइतबार, २८ भदौ २०७७

काठमाडौं । सर्लाहीको ग्रामिण इलाका हुँदै अवैध रुपमा भारततर्फ लगिँदै गरेको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । 
सोबाटो हुँदै भारततर्फ गाँजा निर्यात हुने गरेको सूचनाको आधारमा सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले गएराति पर्सा गाउँपालिका वडा नम्बर ५ स्थित डोमोवा टोलमा रहेको चिरान

मिलस्थित सडकबाट ना४ख ७७४८ नम्बरको ट्रकमा ३०९ किलो गाँजा बरामद गरेको हो । रातिको समयमा सो ट्रकलाई चेकजाँच गर्ने क्रममा चालक फरार भएको र ट्रकको ढाला चेकजाँच गर्दा ११ वटा पोकामा प्याक गरिएको अवस्थामा सो परिमाणको लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।  गाँजालाई मेशिनले पेलेर धुलो बनाएपछि १–१ किलोको प्याकेट बनाएर भारतमा बेच्न लैजाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले ट्रक चालकलगायत लागु औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजतलास भइरहेको जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप