सिन्धुपाल्चोक पहिरोः मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिरोको घटनाप्रति दुःख व्यक्त गरेका । आज एक सन्देश जारी गर्दै उहाँले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गरेका छन् ।
उनले सन्देशमा बाह्रबिसे–७, घुम्थाङ नागपुजेमा गए राति गएको पहिरामा परी तीन जनाको मृत्यु र २० जनाभन्दा बढी बेपत्ता भएकोे दुःखद खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन् । “पहिरामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
विपत्को क्षणमा उद्धार र राहतमा खटिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै आफन्तसहित बाससमेत गुमाएका व्यक्तिहरुको पुनस्र्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बुण्डेस लिगामा बायर्न म्युनिखको अग्रता थप चुलियो
-
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
तुलसीपुर बजार क्षेत्रका विद्युत तार फेरियो
-
पर्यटन प्रवर्द्धन : मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा
-
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर