बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुपाल्चोक पहिरोः मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त

आइतबार, २८ भदौ २०७७, १३ : ३०
आइतबार, २८ भदौ २०७७

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिरोको घटनाप्रति दुःख व्यक्त गरेका । आज एक सन्देश जारी गर्दै उहाँले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गरेका छन् ।

उनले सन्देशमा बाह्रबिसे–७, घुम्थाङ नागपुजेमा गए राति गएको पहिरामा परी तीन जनाको मृत्यु र २० जनाभन्दा बढी बेपत्ता भएकोे दुःखद खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन् । “पहिरामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै  घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

विपत्को क्षणमा उद्धार र राहतमा खटिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै आफन्तसहित बाससमेत गुमाएका व्यक्तिहरुको पुनस्र्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप