शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नाओमी ओसाकालाई यूएस ओपनको उपाधि

आइतबार, २८ भदौ २०७७, ०९ : २०
आइतबार, २८ भदौ २०७७

निकै प्रतिस्पर्धात्मक खेलमा भिक्टोरिया अजारेङ्कालाई हराउँदै नाओमी ओसाकाले सन् २०२० को यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । उनको यो तेस्रो ग्रान्ड स्लाम उपाधि हो ।

पहिलो सेट १–६ ले गुमाए पनि चौथो सिडकी जापानी खेलाडीले त्यसपछिको सेटमा ६–३ र ६–३ ले पुनरागमन गर्दै उपाधि जित्न सफल भएकी हुन् । दोस्रो सेटमा पनि ३–० ले पछि पर्ने खतरामा रहेकी उनले त्यसपछिका १२ मध्ये १० सेट जितेकी थिइन् ।

ओसाकाले यसअघि सन् २०१८ मा यूएस ओपन र सन् २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप