बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सफोर्डको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुँदै

आइतबार, २८ भदौ २०७७, ०७ : २०
आइतबार, २८ भदौ २०७७

एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले तयार पार्दै गरेको कोरोनाको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुने भएको छ । ट्रायलमा सहभागि एक व्यक्तिमा केही समस्या देखिएपछि गत मंगलबार ट्रायल रोकिएको थियो ।

एस्ट्राजेनेकाले ती व्य ि   क्तमा देखिएको समस्या भ्याक्सिनसँग सम्बन्धित भए नभएको अनुसन्धान गर्नका लागि ट्रायल रोकेको जानकारी दियो ।

तर शनिबार युनिभर्सिटीले यसको ट्रायल सुचारु गर्ने जानकारी दिएको छ ।

हेल्थ सेक्रेटरी म्याट ह्यानककले ट्रायल सुचारु हुने खबरले आफूलाई उत्साहित बनाएको जानकारी दिएका छन् ।

‘ट्रायललाई रोक्नुको अर्थ यो हो कि हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छौं । हामीले हाम्रा वैज्ञानिकलाई प्रभावकारी भ्याक्सिनलाई चाँडोभन्दा चाँडो विकास गर्न सहयोग गर्नेछौं,’ उनले भने ।

युनिभर्सिटीले एक वक्तव्य जारी गर्दै यस्ता ठूलो प्रकारको ट्रायलमा बेला आफूहरुले केही सहभागी बिरामी हुनसक्ने आशा राखेको पनि बतायो ।

द मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्वतन्त्र रुपमा समीक्षा गरेपछि ट्रायल पुनः सुचारु हुन लागेको हो ।

गोपनियताका कारण बिरामीबारे जानकारी नदिइने बताएपनि न्यूयोर्क टाइम्सले ती बिरामीमा ट्रान्सभर्स मिलिटिस देखिएको बताएको छ । यो एउटा यस्तो स्थिती हो जसले बिरामीको मेरुदण्डलाई असर गर्छ जुन विशेषगरी भाइरसको संक्रमणका कारण हुने गर्दछ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप