शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओमनबाट ८ सय ३० नेपाली स्वदेश फर्किए

शनिबार, २७ भदौ २०७७, २० : ०६
शनिबार, २७ भदौ २०७७

कोरोना भाइरस कोभिड १९ का कारण ओमनमा समस्यामा परेका ८ सय ३० जना नेपाली स्वदेश फर्किएका छन्।जसमा निकै समस्यामा परेका ६० जना घरेलु महिला कामदारहरु पनि स्वदेश फर्किएका हुन्।

नेपाली दूतावास ओमनले एक बिज्ञप्ती जारी गर्दै समस्यामा परेका घरेलु महिला कामदारहरुलाई स्वदेश फर्काउन सफल भएको जनाएको छ।

नेपाली दूतावास ओमानले शुक्रवार पाँचौं उडानमार्फत १ सय ६५ नेपाली (३९ महिला तथा १२६ पुरूष) लाई नेपाल पठाएको हो।जसमा यात्रु र जहाज चालक दलका सदस्यको पिसिआर जाँच गरि नेगेटिभ रिपोर्ट सहित स्वदेश फर्काएको जनाएको छ ।

कोभिड १९ महामारीपछि हालसम्म पाँच उद्धार उडानमार्फत न्यूनतम हवाई भाडा दरमा नेपाल सरकारले तय गरेको मापदण्डअनुसार ओमानमा रहेका ८ सय ३० जना नेपालीलाई नेपाल फिर्ता गराइसकिएको दूतावासको बिज्ञप्तीमा उल्लेख गरिएको छ।

हिजोको उडानबाट केही वर्ष अघिदेखि ओमानमा सम्पर्कबिहीन भएकी झापाकी नेत्रकुमारी राउत र मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानुनी बाटो हुँदै ओमानमा अलपत्र परेका ताप्लेजुङ्गकी अरुण मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई दूतावासले नेपाल पठाएको छ।झापाकी नेत्रकुमारी राउत ७ वर्ष देखि ओमानमा सम्पर्कबिहीन थिईन।घरेलु कामदारको रुपमा ओमान आएकी राउत परिवारको सम्पर्कमा नभएपछि छोरा नवराज राउतले आफ्नी आमाको खोजीका लागि परराष्ट्रमार्फत निवेदन दिएका थिए ।

निवेदनको आधारमा नेपाली दूतावास ओमनले नेत्रकुमारीको खोजी गरी सम्पर्कमा ल्याएको थियो। राउतको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएकाले घरसम्म लैजाने व्यवस्थाका लागि दूतावासले नै सहजीकरण गरेको दूतावास ओमनले जनाएको छ । 

साथै वैदेशिक रोजगारीको प्रलोभनमा गैरकानुनी बाटो हुँदै ओमान पुगेर घरेलु काम गर्ने क्रममा अलपत्र परेका अरुणा र गजकुमारीलाई पनि दूतावासकै समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी हिजै स्वदेश पठाइ एको ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले रातोपाटीलाई बताइन्।

स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा सहजीकरण र बिदाइ गर्न ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल दूतावासका द्वितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना, स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लब (एनआरएनए)का सदस्य लगाएतको उपस्थिति रहेको थियो।

स्वदेश फिर्तीको लागि प्रत्यक्ष अप्रत्यक्ष सहयोगी सबैलाई धन्यवाद दिँदै समस्यामा परेका नेपालीलाई सहज रुपमा स्वदेश फिर्तीका लागि दूतावास लागि परेको र अझै यो कार्य निरन्तर रुपमा गरिरहेको दूतावासले प्रतिवद्धता समेत गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप