बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लाकाजेटले इतिहास बनाउँदा आर्सनलको विजयी सुरुवात

शनिबार, २७ भदौ २०७७, १९ : २३
शनिबार, २७ भदौ २०७७

इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात गरेको छ । सन् २०२०–२१ सिजनको पहिलो खेलमा आर्सनल ३–० गोलले विजयी बनेको हो ।

लण्डन डर्बीअन्तर्गत क्राभेन कटेजमा फुलह्यामविरुद्ध भएको खेलमा आर्सनलले खेलको आठौँ मिनेटमा नै अग्रता लिएको थियो । अलेक्सान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

योसँगै लाकाजेट दुईवटा प्रिमियर लिग सिजनमा पहिलो गोल गर्ने एक्लो खेलाडी बनेका छन् । यसअघि उनले सन् २०१७–१८ सिजनमा लेस्टर सिटीबिरुद्ध पहिलो गोल गरेका थिए । हालसम्म कुनै पनि खेलाडीले यो उपलब्धी हासिल गर्न सकेका छैनन् ।

खेलको दोस्रो हाफमा ग्याब्रियल मागाल्हेसले आर्सनलका लागि दोस्रो गोल थपे । विलायनको पासमा ग्याब्रियलले आर्सनलको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ५७ औँ मिनेटमा विलायनकै पासमा पिएरे एमरिक आउबामेयाङले तेस्रो गोल गर्दै आर्सनलको जीत सुनिश्चित गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप