बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा बाढीपहिरो पीडितलाई सहयोग

शनिबार, २७ भदौ २०७७, १८ : ३९
शनिबार, २७ भदौ २०७७

नेपाली काँग्रेस कास्कीले रुपा गाउँपालिका– ६ बराहथोकका बाढीपहिरा प्रभावित परिवारलाई नगद सहयोग गरेको छ । पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको परिवारलाई २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार र हरिराम विकको परिवारलाई दुई÷दुई हजार नगद सहित खाद्यान्न सहयोग गरिएको नेका कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

नेका कास्कीका सभापति कृष्ण केसी, पूर्वसभापति एवम् पूर्व मन्त्री यज्ञबहादुर थापसहितको टोलीले सहयोग रकम तथा खाद्यान्न बाढी प्रभावितलाई हस्तान्तरण गरे ।

यही भदौ २३ गते बिहानपख घरमाथिको पहिरोले घर पुरिदा काजि विककी छोरी सिर्जनाको मृत्यु भएको थियो भने दुई घर परिवार विस्थापित भएका थिए । 

कार्यक्रममा पूर्व मन्त्री  थापाले प्रतिपक्षमा रहेर  काँग्रेसले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकाबाट कहिल्यै विमुख नहुने बताए । नेका जिल्ला सभापति  केसीले पीडित परिवारको सुरक्षित बसोबासको व्यवस्थापनका लागि पार्टीका तर्फबाट सरकारसँग समन्वय गर्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप