बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सावधान ! यी सेनिटाइजरमा पाइयो विषाक्त रसायन, सरकारले रोक लगायो

शनिबार, २७ भदौ २०७७, ११ : ४८
शनिबार, २७ भदौ २०७७

काठमाडौं । सरकारले विभिन्न कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएकोहो । 

विभागले शनिबार एक सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग भक्तपुर तथा हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल एण्ड फुट इन्डस्ट्रिज, सर्च चेम कम अर्बल प्रोडक्ट र सूर्यमुखी अर्बल काठमाडौंले उत्पादन गर्दै आएको ह्याण्ड सेनिटाइजरमा विशाक्त रसायन समावेश भएको पाइएको जनाएको छ । 

सो रसायनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने हुँदा प्रयोग नगर्न र उत्पादन तथा विक्री वितरण अबिलम्ब रोक्का राख्न विभागले सूचित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप