रोल्पामा पहिरोले पुरेर २ बालकको मृत्यु, आमा र हजुरआमा घाइते
शनिबार, २७ भदौ २०७७, ०९ : २३

रोल्पा । गएराति रोल्पाको लुङ्गी गाउँपालिका– १ ऐते गाउँमा पहिरोले गोठ पुरिँदा गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको छ ।
ऐते गाउँका ज्ञानसिङ्ग घर्तीको गोठ माथिबाट आएको पहिरोले पुरिँदा गोठमा सुतिरहेका उनका ११ वर्षीय छोरा युवराज र ८ वर्षीय अर्का छोरा अमर घर्तीको ज्यान गएको हो ।
घटनाको पुष्टि गर्दै रोल्पाका प्रहरी प्रहरी प्रवक्ता तथा इन्सपेक्टर शंकर खड्काले तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले पहिरोले पुरिएका दुई बालकको शव निकालेको जानकारी दिए ।
बालकहरुसँग गोठकै सुतेका अन्य २ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए । इन्सपेक्टर खड्काका अनुसार बालकका आमा र हजुरआमाको उद्दार गरिएको हो ।
उनीहरु सामान्य घाइत रहेको र स्थानीय प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो
-
भीमबहादुर तामाङको स्मृतिमा भलिबल प्रतियोगिता