शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दहीसँग खानुहुँदैन यी ५ खानेकुरा

शनिबार, २७ भदौ २०७७, ०८ : ५५
शनिबार, २७ भदौ २०७७

एजेन्सी – दही खान नरुचाउने कमै हुन्छन् । दही खानु शरीरका लागि फाइदाजनक पनि हुन्छ । तर, जति दही खाँदा फाइदा हुन्छ उति नै बेफाइदा पनि हुन्छ । यदि दही गलत खाद्य पदार्थसँग खाँदा यसले शरीरलाई बेफाइदा पनि पुर्याउँछ । 

आयुर्वेदका अनुसार ५ खाद्यपदार्थसँग दहीको सेवन गर्नुहुँदैन । 

प्याज – दहीमा प्याज हालेर खानुहुँदैन । दहीले शरीरभित्र चिसो लाग्छ भने प्याजले शरीरमा गर्मी पैदा गर्छ । यी दुई मिसाएर खाँदा शरीरलाई नोक्सान पुर्याउँछ । यसले छालामा एलर्जी, र्याशेज जस्ता समस्या पैदा गराउँछ । 

माछा – दही र माछा एकसाथ खानुहुँदैन । दही र माछा दुवै प्रोटिनको स्रोत हो । यो दुवै मिसाएर खाँदा पेटमा समस्या हुनसक्छ । दही दूधबाट बन्छ भने माछा मामंशाहारी खाना हो । यसले पेटमा विभिन्न समस्या पैदा गर्छ । 

आँप – दहीमा आँप काटेर हालेर खाने गरिन्छ । तर, यो उति नै बेफाइदाजनक हुन्छ । यसले शरीरमा चिसो र गर्मी एकसाथ पैदा गराउँछ । जसले छालासँग जोडिएका समस्याहरु पैदा गराउँछ ।

मासको दाल– आयुर्वेदले दहीसँगसँगै दाल नखान सुझाएका छन् । दालसँग दही खाँदा पेटसँग जोडिएका समस्याहरु पैदा गराउँछ । 

दूध – दूध र दही एकसाथ खान हुँदैन । दूध र दही एकसाथ खाँदा एसीडिटीसँग र ग्यास जस्ता समस्या पैदा हुन्छ । 

तेलयुक्त पदार्थ – पराठासँग दही खाँदा बेफाइदा हुन्छ । तेलयुक्त खानेकुरा खाँदा शरीरमा निकै बेफाइदाजनक हुन्छ । आलस्य बनाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप