शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

शनिबार, २७ भदौ २०७७, ०७ : ५३
शनिबार, २७ भदौ २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल  मनसुनको  न्युन चापीय  रेखा  औसतभन्दा माथि र नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ। साथै पश्चिम बंगाल नजिक न्युन चापिय क्षेत्रको पनि विकास भएको छ।

महाशाखाले हाल  देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ । 

यसैगरी, दिउँसो देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  

भने, प्रदेश १ र प्रदेश २ का एक/दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

यस्तै, देशभर  सामान्यतया  बदली  रही  केही  स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । 

यता, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका  एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप