शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर अस्पतालमा तीन जनाको मृत्यु, एक जनामा कोरोना संक्रमण

शनिबार, २७ भदौ २०७७, ०७ : ४०
शनिबार, २७ भदौ २०७७

भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का  ४६ वर्षीय पुरुष रहेका छन् । 

अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परिक्षणमा उनमा कोरोना पुष्टि भएको हो । 

अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार बिहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारका लागि अस्पताल आईपुग्दा उनको मृत्यु भएको थियो ।

बिहीबार दिउँसो सघन उपचार कक्षमा खैैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको पौडेलले बताउनुभयो । उनको पनि नतिजा नेगेटिभ आएको छ । 

उनीहरु तीनै जनालाई ज्वरो, खोकी सहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो । 

यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप