केन्द्रीय संस्करण
बहस

सजातीय नेतृत्व, नीति र भाष्य कहिलेसम्म ?

शासक र शासित वर्ग/समुदायले निर्माण गरेको भाष्य राष्ट्रियता र राष्ट्रवाद कसको लागि संजिविनी/अफिम भएको छ ?

person explore access_timeभदौ २७, २०७७ chat_bubble_outline0

मानवशास्त्र, समाजशास्त्र र मनोविज्ञानको अध्ययन फर्मुलाले पनि उत्तर नभेटिने मान्छेको सोचाइ, नियत र व्यावहार समाजमा बग्रेल्ती रुपमा हजारौं वर्षदेखि किलाझैँ गाडेर बसेका छन् । अहिलेसम्म प्रतिपादित ‘वाद’हरु मानव मुक्ति र समताको निम्ति भन्दै भजाइए पनि समस्याको कर्कश आवाज बजिरहेकै छन् । उत्थान र समताको नाममा पिँधीय वर्ग, वर्ण, समुदाय, र लिङ्गले ज्यानको बाजी थाप्दै आइरहेका छन् । अफसोच ! शासकहरुले त्यसलाई लुकामारीको खेल ठानीदिन्छन् ।

अश्वेत, दलित, आदिवासी जनजाति र महिलाले भोगेको विभेदको बोझ देश फरक भए पनि समान खालका छन् । विज्ञान र प्रविधिको चमत्कारले टाल्न नसकेको प्वाल भएको यो मानव समाजमा समानताको आवाज उठाउनु भनेको जंगलमा सिंहसँग बिनाहतियार कुस्ती खेल्नुजस्तै हो । विश्वमा अहिले गणतन्त्र, लोकतन्त्र, समाजबाद, साम्यवाद, राजतन्त्र जे जति शासन व्यवस्था छन् मानव जातिको सम्मान समान छैन । २१औं शताब्दी नामकरण पाए पनि अहिले पनि विभेदका पुरानो र नयाँ अवयव प्रचलित छन् ।

अश्वेत,दलित,आदिवासी जनजाति र महिलाले भोगेको विभेदको बोझ देश फरक भए पनि समान खालका छन्विज्ञान र प्रविधिको चमत्कारले टाल्न नसकेको प्वाल भएको यो मानव समाजमा समानताको आवाज उठाउनु भनेको जंगलमा सिंहसँग बिनाहतियार कुस्ती खेल्नुजस्तै हो

दास प्रथा अन्त्य घोषणा गरेको १५७ वर्षसम्म प्रजातन्त्रको पाठ सिकाउने अमेरिकामा 'ब्ल्याक लाइभ्स म्याटर' आन्दोलन बाध्यता भयो भने आगामी नोभेम्बरको चुनावमा कमला ह्यारिसले समानताको मुद्दा वा उदार मनलाई प्रजातान्त्रिक अमेरिकाको शर्त मानेकी छिन् । भारतमा भाजपाको आदेश शिरोधार्य गर्नु प्रजातान्त्रिक र देशभक्ति हुनु हो भन्ने भाष्यको निर्माण शासकीय चिन्तनमा छ । महात्मा गान्धी र भी.आर. अम्बेडकरको भारतीय राष्ट्रियता र दलितप्रतिको बुझाइ र सम्बोधन फरक थियो । नेपालमा उत्पीडन वर्ग, समुदा वा नागरिकलाई सर्वाभौमसत्ता सम्पन्न सम्मानित बनाउन राज्य तथा शासकसँग प्रश्न गर्दा विगतदेखि संरचनात्मक लाभान्वित वर्ग समुदायले रेडिमेड जवाफ दिन्छन- तिमी जातिवादी, साम्प्रदायिक, क्षेत्रीयतावादी, अराष्ट्रियवादी, डलरवादी, इसाईवादी र विखण्डनवादी आदि ।

नेपालमा उत्पीडन वर्ग,समुदा वा नागरिकलाई सर्वाभौमसत्ता सम्पन्न सम्मानित बनाउन राज्य तथा शासकसँग प्रश्न गर्दा विगतदेखि संरचनात्मक लाभान्वित वर्ग समुदायले रेडिमेड जवाफ दिन्छन-तिमी जातिवादी,साम्प्रदायिक,क्षेत्रीयतावादी,अराष्ट्रियवादी,डलरवादी,इसाईवादी र विखण्डनवादी आदि

नेपालमा मूलतः अहिले तीन वटा वैचारिक राजनीतिक दल सतहमा छन् । नेकप-कांग्रेस, जसपा र राप्रपा । यी तीनवटामा नाम, शब्द र सार मात्रै फरक, रुपमा बीस-उन्नाइस । शासन कला र क्षमताको खेलमा नेपाली नागरिकले रातो झन्डा देखाइसकेका छन् । नेपाली कांग्रेसको सभापतिको आकाङ्क्षीहरुका विचारहरु सुन्ने/हेर्ने हो भने देउवालाई हटाउने, नेकपाको सत्ता यात्राको निरन्तरता रोक्ने बाहेक अरु देखिँदैन । नेपाली नागरिकले शताब्दियौदेखि भोग्दै आइरहेका समस्यालाई प्रजातान्त्रिक समाजबादको फ्रेमभित्र रहेर नीति, कार्यक्रम, योजना, कार्वान्वयन प्रक्रियाको न्यूनतम् बहस शून्य छ । सत्तासीन नेकपा विपक्षी कांग्रेसभन्दा तुलनात्मक रुपमा शब्द खेलाउन निपुण छ । जसपा पुराना अनुहारहरुको नयाँ दल बाहेक अरु केही होइन भने राप्रपा आत्मरतिमा मग्न ढाडेहरुको गफ गर्ने चौतारी हो ।

१९१० - २०७४ सालसम्मको मुलुकी ऐन, संविधान, कानुन, नीति नियम हेर्ने हो भने सजातीय वा राज्य पोषक देखिन्छ । देशको शासन व्यवस्था शब्दकोशबाट एउटा शब्द झिकेर अर्को थपेको मात्रै पाइन्छ । कुर्सीमा विराजमान पात्रको अनुहार फ्रेमिङ मिलेजस्तै सोचाइ, शैली, व्यवहार, बुझाइ, चिन्तनको इपिस्टमोलोजीको मुहान एकै छ । समाजशास्त्री दुर्खिमको प्रकार्यवाद सिद्धान्त अनुसार समाजमा विभिन्न इकाईले अन्तरसम्बन्धित भएर प्रकार्य गरिरहेका हुन्छन् र एउटामा परिवर्तन भएमा समग्र समाजमा प्रभाव पर्दछ । म यस्तो समाज र राज्यको करदाता हुँ जहाँ एउटा इकाई परिवर्तन हुँदा पनि संरचनाको जड अझ जब्बर भएर खाँदिएको छ ।

इनफ इज इनफ र एमसिसि विरुद्धको प्रदर्शन सरकारको पारदर्शितासँग सम्बन्धित थियो जुन क्षणिक हुन्छयस्तो विरोधले समाजको भुइँ मान्छेको दैनिक जीवन-यावनमा खासै केही अंक थप्दैनखोकना र नबराज बि..लगायतको हत्या समाज,सभ्यता र इतिहासले थोपरेको अन्यायविरुद्ध भएकोले तत्काल फासफुस हुने विरोध होइन

बन्दाबन्दीको अवधिमा राजधानीमा मुख्यतः चारवटा प्रदर्शन देखा पर्‍यो । इनफ इज इनफ र एमसिसि विरुद्धको प्रदर्शन सरकारको पारदर्शितासँग सम्बन्धित थियो जुन क्षणिक हुन्छ । यस्तो विरोधले समाजको भुइँ मान्छेको दैनिक जीवन-यावनमा खासै केही अंक थप्दैन । खोकना र नबराज बि.क.लगायतको हत्या समाज, सभ्यता र इतिहासले थोपरेको अन्यायविरुद्ध भएकोले तत्काल फासफुस हुने विरोध होइन । यो विरोध उत्पीडन र सभ्यताको चेतले निर्माण गरेको सशक्त प्रतिरोधको संयुक्त आवाज हो । यो आवाज राज्यको हजारौ वर्षदेखिको भाष्य, संरचना, र सुनियोजित हैकमवादीको जरा उखेल्ने कामसँग प्रत्यक्ष रुपमा सम्बन्धित छ । यस खालको विरोधले समाजको स्थापित ज्ञानलाई वि/निर्माण र विविधताको अन्तरघुलन गरेको हुन्छ ।

भाद्र पहिलो हप्तामा कुलमान घिसिङ र ग्याल्जेन दोर्जे तामाङ दुई जना तामाङ पात्र सामाजिक सन्जाल र पत्रपत्रिकामा छापियो, एउटा ईश्वर अर्को ठीक विपरीत दानवझैँ । दुर्खिमका अनुसार समाजमा केही घटना हुनुको पछाडि खास कारण निहित हुन्छ । विश्व समाज र परिघटनाको ज्ञानसँग चिरपरिचित युवाहरु समस्या र समाधान खोज्नुभन्दा गालीगलौजको रेसमा आफूलाई सहभागी गराउनुमा गर्व महसुस गर्दा रहेछन् । भारतीय लोक सभाको चुनावमा कन्हैया कुमारलाई अग्रिम बधाई दिने नेपली युवाहरु भेलेजुयलामा ३५ वर्षे गुइडोले रास्ट्रपति मादुरोलाई अस्वीकार गरी निन्द्राभंग गर्दा बेखुश हुन्छन् । नेपाली राजनीतिमा सदावहार बहस हुने पुरानो शिर्षकमध्ये युवाको नेतृत्व पनि एक हो । अहिलेको मन्त्रिपरिषदमा आफूलाई सक्षम र निकै प्रगतिशील युवा घोषणा गर्नेहरुले राम्रै मन्त्रालयको नेतृत्व सम्हालेका छन् तर सेवा प्रबाह वा नागरिक समस्याको गाँठो फुकाएको त जिरोस्तरको देखिन्छ ।

युवाहरु पनि नेपाली समाजको समस्याको जग उखेल्नुभन्दा जगेडामा राख्ने खाली कैफियतजस्तै देखिन्छप्रदिप गिरिले भन्नु भए जस्तै युवा प्रेरक र बाहक शक्ति बन्नु पर्नेमा दुर्भाग्यवश निश्चित परिधिको वाहन बन्ने पथमा छन्

यसरी हेर्दा युवाहरु पनि नेपाली समाजको समस्याको जग उखेल्नुभन्दा जगेडामा राख्ने खाली कैफियतजस्तै देखिन्छ । प्रदिप गिरिले भन्नु भए जस्तै युवा प्रेरक र बाहक शक्ति बन्नु पर्नेमा दुर्भाग्यवश निश्चित परिधिको वाहन बन्ने पथमा छन् ।

सत्ताको स्वीकार्यता यसरी गर्नु पर्दछ कि सरकारले जे, जति, जसरी काम गरे पनि नेपाललाई स्वर्गमय बनाउँदैछ भन्ने भ्रम सर्वसाधारणलाई स्थापित होस् । सांकेतिक विरोध मात्र गरे भने उसको जार सम्झिन्छ । वर्तमान राजनीतिक प्रणाली, सामाजिक संरचना, सांस्कृतिक मूल्य मान्यता र शिक्षण विधिबाट अबको ५० वर्षसम्म पनि अहिलेको नेपाली समाजको समस्या निराकरण गर्ने नेतृत्व पाउने सम्भावना कम छ । विश्वको पुरानो देश नेपाल किन बनेनभन्दा किन बनाइएन ? कसले बनाएन ? कसरी बनाएन ? यस्ता प्रश्नको उत्तर युवाहरुमा जागृत हुनु पर्ने हो ।

शासक र शासन प्रणाली तथा प्रक्रियाबाट नागरिकले महोत्सव गर्नु नै पर्छ भन्ने चिन्तन र सोच प्रतिरोधात्मक चेतना र विविधताको निरपेक्ष निषेध गर्नु होराष्ट्रवादको नाममा हिजो जुन समस्या र कारणले देश बनेन अबका युवाले त्यसलाई नयाँ आवृति दिने चेष्टा गर्नु नेपाललाई पछाडि धकेल्नु हो

शासक र शासित वर्ग/समुदायले निर्माण गरेको भाष्य राष्ट्रियता र राष्ट्रवाद कसको लागि संजिविनी/अफिम भएको छ ? पर्दा लगाएर हेर्नु पर्दैन । आफूलाई युवा र सामाजिक प्राणी ठान्नेले यो बुझ्नु अत्यन्त आवश्यक छ कि नेपाल विविध राष्ट्रहरुको साझा देश हो, मुलुक होइन । हामीलाई भीमसेन थापा राष्ट्रिय विभूति भनेर घोकाइयो जसको शासन संचालन र कूटनीतिक अक्षमताले गर्दा नेपालको भूभाग गुम्यो । गल्ती भीमसेन थापाको मात्रै होइन राष्ट्रिय विभूति बनाएर पूज्न लगाउनेहरुको बढी छ । शासक र शासन प्रणाली तथा प्रक्रियाबाट नागरिकले महोत्सव गर्नु नै पर्छ भन्ने चिन्तन र सोच प्रतिरोधात्मक चेतना र विविधताको निरपेक्ष निषेध गर्नु हो । राष्ट्रवादको नाममा हिजो जुन समस्या र कारणले देश बनेन अबका युवाले त्यसलाई नयाँ आवृति दिने चेष्टा गर्नु नेपाललाई पछाडि धकेल्नु हो ।

हामी कस्तो चिन्तनको घेरामा छौं र राज्यको नीति कसको चित्तमा बसेको हुन्छ?बहस र परिवर्तन गर्ने कि नगर्ने?तपाई र मेरो चिन्तनले मानवतालाई खुशीसाथ स्वीकार गरेको छ कि सामाजिक संरचनालाई सत्यता मानेको छ?अहिलेका राज्य निर्मित नीतिहरु मानव सभ्यताको संरक्षणमा छन् कि प्रचलित संरचनालाई बढावा दिन सहायक छन्?

सवै धर्म र वादहरु आफैमा ठिक/बेठिक हुन्छन् । एउटा मात्रै राम्रो/नराम्रो भन्ने नै हुँदैन । शासक र शासन प्रणालीले मात्रै उत्तम/खतमको भेद निर्क्योल गराउने हो । नेपालको अवस्था हेर्ने हो भने वैचारिक ‘वाद’ अनुसारको शासक र शासन प्रणाली, प्रक्रियाभन्दा सामाजिक संरचना र संस्कृतिबाट हुर्केका उही र उस्तै चिन्तन र प्रवृत्तिका राज्य संचालन र व्यवहार पाइन्छन् । मान्छेको चिन्तनले नीतिमा फरक पार्दछ भने नीतिले समाज र राज्यलाई फरक पार्दछ । हामी कस्तो चिन्तनको घेरामा छौं र राज्यको नीति कसको चित्तमा बसेको हुन्छ ? बहस र परिवर्तन गर्ने कि नगर्ने ? तपाई र मेरो चिन्तनले मानवतालाई खुशीसाथ स्वीकार गरेको छ कि सामाजिक संरचनालाई सत्यता मानेको छ ? अहिलेका राज्य निर्मित नीतिहरु मानव सभ्यताको संरक्षणमा छन् कि प्रचलित संरचनालाई बढावा दिन सहायक छन् ?

अन्तोनियो ग्राम्सी . https://www.socialistalternative.org

अन्तोनियो ग्राम्सीले भनेझैँ राज्यले सधैं वर्चस्वको संस्कृति निर्माण गरिरहेको हुन्छ, जसको लागि सजातीय भाष्य र नीतिले रचनात्मक भूमिका खेलिरहेको हुन्छ । अधिकांश सजातीय दल र तिनका भाष्य र नीतिमा खासै फरक नहुनुको कारण बुझ्न हाम्रा नयाँ पुराना दलका नेता र तिनका भाष्य र नीति हेरे पुग्छ । अहिलेसम्म नेपाल ‘साझा देश’ नहुनुमा संरचनात्मक चिन्तन र त्यसबाट सृजित नीतिहरुमा ठुलो प्वाल परेको देखिन्छ । विवेकशील, साझा, जसपा र राप्रपाको ओठे नयाँ र वैकल्पिक मन्त्रले सम्मानजनक समाज र सम्मानित देश हुने होइन, मानवता र नेपालको बहुल सभ्यताको चिन्तन र नीतिले मात्रै आधुनिक गतिशील समाजलाई स्वीकार गरेको ठहरिन्छ ।

तामाङ मानवशास्त्रका अध्येता हुन्

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.