शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानी सरकारी टोली तालिवानसँगको शान्ति वार्ताका लागि कतारमा

शुक्रबार, २६ भदौ २०७७, २२ : ४६
शुक्रबार, २६ भदौ २०७७

एजेन्सी । अफगानिस्थानको सरकारी वार्ता टोली तालिवान समूहसँगको शान्ति वार्ता गर्न कतारको दोहा प्रस्थान गरेको छ । अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिवान समूहसँग अफगानिस्थानको सरकारले वार्ता गर्न लागेको हो । 

मूलतः मार्चमा सुरु हुने भनिएको वार्ता दुबैतर्फका  कैदीहरूको आदानप्रदानको विवादका कारण बारम्बार पछि धकेलिएको थियो । अफगानिस्तान द्वन्द्वमा कम्तीमा दशौँ हजार नागरिकको मृत्यु भएको छ ।  “इस्लामिक गणतन्त्र अफगानिस्तानको सरकारले तालिवानसँग प्रत्यक्ष वार्ता सुरु गर्न सरकारी टोली अफगानिस्तानतर्फ हिँडेको छ,” वार्ता टोलीका एक सदस्य नादेर नादेरीले केही मिनेट अघि ट्विटरमा लेखेका छन् ।

“अब मेलमिलापको लागि समय तयार छ, हामी एक अर्कासँग कुरा गरेर हाम्रा समस्याहरू समाधान गर्न सक्छौं,” अफगानिस्तानको सरकारी टोलीका एक सदस्य अब्दुल हफिज मन्सुरले बताए ।
काबुलमा यसै साता उपराष्ट्रपति आरुल्लाह सालेहलाई लक्षित गरी आफन्त गुमाएका एक व्यापारी अब्दुल्लाहले भने, “वार्ताको समाचारले अफगानिस्तानभरि आशाको सञ्चार गराएको छ । हामी शान्तिका लागि आतुर छौँ । अब अफगानिस्तानमा हत्या हिंसा रोकिनुपर्छ ।”

उनले भने, “म भविष्यको बारेमा धेरै आशावादी छैन, तर हिंसा कम गर्न कम्तीमा शान्ति वार्ता एउटा राम्रो र पहिलो कदम हो ।” अफगानिस्तानको कञ्जुद प्रान्तका बासिन्दा तथा शिक्षिका अमीनउल्लाले भने, “वार्ताले विगत दुई दशकमा भएका उपलब्धिहरूलाई संरक्षण गर्दै अघि बढ्नेमा नागरिक विश्वस्त भएका छन् । वार्ताका लागि नागरिकको मुल सन्देश नै यही हो ।” “हामी जति शान्ति चाहान्छौं, बितेका वर्षका उपलब्धिहरू पनि संरक्षण गर्न चाहन्छौं,“ उनले भने । 

“म मेरो स्कूल बन्द भएको देख्न चाहन्न, तर शान्ति अहिले प्राथमिकतामा छ ।” नोभेम्बर ४ को राष्ट्रपतीय निर्वाचनमा अनिश्चित सम्भावनाहरूको सामना गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि आफ्नो महत्वपूर्ण नीतिलाई प्राथमिकता दिँदै आएका छन् । 

वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगेका छन् । उनले कतारका लागि छुट्नुअघि अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने ‘ऐतिहासिक’ अवसर भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप