बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित कैदीको मृत्यु
शुक्रबार, २६ भदौ २०७७, २२ : ३०
काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक कैदीको मृत्यु भएको छ । सुनसरी जिल्ला रामधुनी ५ झुम्कामा कैद भुक्तानी गरिरहेका का ४३ वर्षीय पुरुषको शुक्रबार ४ बजेर ३० मिनेट जाँदा मृत्यु भएको हो । इनरुवा जिल्ला अस्पतालबाट रिफर भएका उनलाई शुक्रबार बिहान ११ बजेर ५४ मिनेट जाँदा प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।
उनलाई शुक्रबारनै कोरोना संक्रमण भएको पुष्टि भएको थियो । बिगत १ वर्षदेखि झुम्का कारागारमा रहेका उनलाई बिगत १० दिनदेखि ज्वरो आएको थियो । २ दिनयता उनलाई खोकी लाग्ने र श्वासप्रश्वासमा कठिन भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको शव कोरोना प्रोटोकल अनुसार व्यवस्थापन गरिने प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीकै पूर्वसहकर्मी मास्चेरानो इन्टर मियामीको नयाँ प्रमुख प्रशिक्षक !
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
गरिब देशका लागि ३ खर्ब डलर छुट्ट्याउने निर्णयसहित सकियो कोप-२९
-
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
-
भेनेजुएली सुरक्षा बलद्वारा अर्जेन्टिनी दूतावास घेराउ
-
सरकारले स्वदेशी उत्पादनभन्दा आयातलाई जोड दिइरहेको छ : उपाध्यक्ष वैद्य