शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित कैदीको मृत्यु

शुक्रबार, २६ भदौ २०७७, २२ : ३०
शुक्रबार, २६ भदौ २०७७

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक कैदीको मृत्यु भएको छ । सुनसरी जिल्ला रामधुनी ५ झुम्कामा कैद भुक्तानी गरिरहेका का ४३ वर्षीय पुरुषको शुक्रबार ४ बजेर ३० मिनेट जाँदा मृत्यु भएको हो ।  इनरुवा जिल्ला अस्पतालबाट रिफर भएका उनलाई शुक्रबार बिहान ११ बजेर  ५४ मिनेट जाँदा प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

उनलाई शुक्रबारनै कोरोना संक्रमण भएको पुष्टि भएको थियो । बिगत १ वर्षदेखि झुम्का कारागारमा रहेका उनलाई बिगत १० दिनदेखि ज्वरो आएको थियो । २ दिनयता उनलाई खोकी लाग्ने र श्वासप्रश्वासमा कठिन भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको शव कोरोना प्रोटोकल अनुसार व्यवस्थापन गरिने प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप