स्थायी समिति बैठकमा माधव नेपालको १७ बुँदे आलोचनात्मक टिप्पणी (पूर्णपाठसहित )
काठमाडौँ । नेकपा स्थायी समिति बैठकमा बरिष्ठ नेता माधव कुमार नेपालले १७ बुँदे सुझाव टिप्पणीका रुपमा राखेका छन् ।
उनले बैठकमा दुई अध्यक्षले पेश गरेको प्रतिवेदनको कार्यन्वयनसहित सुधार गर्नुपर्ने विषयहरु सुझावका रुपमा राखेका हुन् । नेता नेपालले अध्यक्षद्धयले पेश गरेको प्रतिवेदनको अलोचनात्मक समर्थनसहित सुझाव राखेका हुन् ।
नेता नेपालले राखेको सुझावमा पार्टी एकता सम्बन्धि बुझाईलाई दुई पार्टीविचको एकताका रुपमा व्याख्या गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘अध्यक्षहरु नै पार्टीका प्रमुखहरु हुन् तर यसलाई दुई अध्यक्षको जिम्मेवारी बाडफाँड वा समझदारीको आधारमा मात्र भनेर व्याख्या गर्न सकिदैँन । यो समग्र पार्टीपंक्तिको एकता होे त्यसैले निश्चित विधिमा आधारित भएर एकता गर्नुपर्छ र सोही अनुसार जिम्मेवारी दिनुपर्छ’, नेपालले आफ्नो सुझावमा भनेका छन् ।
उनले एकताको सन्देश दिनेबेला साबिक कमिटिमा रहेका कसैलाई पनि अपमान नहुने गरी कमिटि निर्माण गर्नुपर्ने बताएका छन् ।
‘त्यसैले अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटिको निर्देशन र सर्कुलर अनुरुप साबिक कमिटिका सिनियरहरुलाई राखेर एकीकृत कमिटी निर्माण गर्नुपर्छ र अधिवशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने कुराको सुनिश्चितता गर्नुपर्छ’, नेपालको सुझाव छ ।
नेता नेपालले पार्टी विधानको धारा ४६ क अनुसार सबै तहमा र सवै व्यक्तिको हकमा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको कार्यान्वयन गर्नुपर्ने पनि दोहोर्याएका छन् । उनले त्यसो गरेमात्रै विशाल पार्टीमा कामको सन्तुलन हुुने दावी गरेका छन् ।
उनले पार्टी विधान कार्यान्वयन, पार्टी बैठक निर्णय र प्रकृया, आन्तरिक प्रतिस्पर्धा र पुरानोलाई सम्मान, नेता कार्यकर्ताको मुल्यांकन, योग्य नयाँ र क्षमतावानलाई पार्टीमा आकर्षित गर्नुपर्ने, सरकार निर्माण, सरकार सञ्चालन, समाजवादको नेपाली नमुना निर्माण, भ्रष्टाचार र सुशासन, राजनीतिक तथा अन्य नियुक्ति, राज्यशक्तिको प्रयोग, अन्तर्राष्टिय सम्बन्ध, नेतृत्व तहमा हार्दिकता, पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, पार्टी, सरकार र जनताबीचको सम्बन्धमा नेता नेपालका फरक सुझाव छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण