शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थायी समिति बैठकमा माधव नेपालको १७ बुँदे आलोचनात्मक टिप्पणी (पूर्णपाठसहित )

शुक्रबार, २६ भदौ २०७७, २० : २८
शुक्रबार, २६ भदौ २०७७

काठमाडौँ । नेकपा स्थायी समिति बैठकमा बरिष्ठ नेता माधव कुमार नेपालले १७ बुँदे सुझाव टिप्पणीका रुपमा राखेका छन् । 

उनले बैठकमा दुई अध्यक्षले पेश गरेको प्रतिवेदनको कार्यन्वयनसहित सुधार गर्नुपर्ने विषयहरु सुझावका रुपमा राखेका हुन् । नेता नेपालले अध्यक्षद्धयले पेश गरेको प्रतिवेदनको अलोचनात्मक समर्थनसहित सुझाव राखेका हुन् । 

नेता नेपालले राखेको सुझावमा पार्टी एकता सम्बन्धि बुझाईलाई दुई पार्टीविचको एकताका रुपमा व्याख्या गर्नुपर्ने उल्लेख गरेका छन् । 

‘अध्यक्षहरु नै पार्टीका प्रमुखहरु हुन् तर यसलाई दुई अध्यक्षको जिम्मेवारी बाडफाँड वा समझदारीको आधारमा मात्र भनेर व्याख्या गर्न सकिदैँन । यो समग्र पार्टीपंक्तिको एकता होे त्यसैले निश्चित विधिमा आधारित भएर एकता गर्नुपर्छ र सोही अनुसार जिम्मेवारी दिनुपर्छ’, नेपालले आफ्नो सुझावमा भनेका छन् । 

उनले एकताको सन्देश दिनेबेला साबिक कमिटिमा रहेका कसैलाई पनि अपमान नहुने गरी कमिटि निर्माण गर्नुपर्ने बताएका छन् । 

‘त्यसैले अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटिको निर्देशन र सर्कुलर अनुरुप साबिक कमिटिका सिनियरहरुलाई राखेर एकीकृत कमिटी निर्माण गर्नुपर्छ र अधिवशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने कुराको सुनिश्चितता गर्नुपर्छ’, नेपालको सुझाव छ ।   

नेता नेपालले पार्टी विधानको धारा ४६ क अनुसार सबै तहमा र सवै व्यक्तिको हकमा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको कार्यान्वयन गर्नुपर्ने पनि दोहोर्याएका छन् । उनले त्यसो गरेमात्रै विशाल पार्टीमा कामको सन्तुलन हुुने दावी गरेका छन् ।

उनले पार्टी विधान कार्यान्वयन, पार्टी बैठक निर्णय र प्रकृया, आन्तरिक प्रतिस्पर्धा र पुरानोलाई सम्मान, नेता कार्यकर्ताको मुल्यांकन, योग्य नयाँ र क्षमतावानलाई पार्टीमा आकर्षित गर्नुपर्ने, सरकार निर्माण, सरकार सञ्चालन, समाजवादको नेपाली नमुना निर्माण, भ्रष्टाचार र सुशासन, राजनीतिक तथा अन्य नियुक्ति, राज्यशक्तिको प्रयोग, अन्तर्राष्टिय सम्बन्ध, नेतृत्व तहमा हार्दिकता, पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, पार्टी, सरकार र जनताबीचको सम्बन्धमा नेता नेपालका फरक सुझाव छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप