चार सय खानी उत्खनन तथा खोजतलासका लागि अनुमति
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ मा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ । खानी तथा भूगर्भ विभागले आव २०७६/७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो ।
त्यसमध्ये १४९ लाई उत्खनन र २५८ खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो । उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२, टुर्मालिन आठ, जिङ्क एक र डोलोमाइट दुईलगायत छन् ।
यस्तै, खोजतलासका लागि चुनढुङ्गा १६२, फलाम दुई, तामा तीन, डोलोमाइट नौ, सुन दुई, ग्रेनाइट दुई, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन चार, क्वार्ज दुई, टल्क पाँच कम्पनीलाई अनुमति दिइएको छ । विभागका महानिर्देशक रामप्रसाद घिमिरे पछिल्लो समय नेपाली खानीप्रति स्वदेशी तथा विदेशी कम्पनीको उत्खनन तथा खोजतलासका लागि चासो बढ्दै गएको बताउँछन् ।
“आव २०७४/७५ र आव २०७५/७६ को तुलनामा आव ०७६/७७ मा नेपाली खानी उत्खनन तथा खोजतलासका लागि आउने कम्पनीको सङ्ख्या बढेको छ”,उनी भन्छन् । आव २०७४/७५ मा १२६ र आव २०७५/७६ मा १२३ खानीलाई उत्खननलाई अनुमति दिइएको थियो । विभागले आव २०७६/७७ मा रु ८४ करोड ७३ लाख ४८ हजार र अघिल्लो आवमा रु ७७ करोड तीन लाख राजश्व आम्दानी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराबरीमा रोकिए युनाइटेड र चेल्सी
-
होण्डाको जेन्युइन पार्ट्सका लागि डिलरमा बाइक माइनडेड नियुक्त
-
कालीमाटी र कुलेश्वरमा उद्योगमन्त्री भण्डारीको छड्के, व्यापारीको भागाभाग
-
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा बाढीपहिरो पीडितका लागि खाद्यान्न सहयोग
-
प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाको सामाजिक पहल
-
ज्योति विकास बैंकका ग्राहकलाई भेनस अस्पतालमा छुट