आज देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, २६ भदौ २०७७, १६ : २७

आज देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको पनि गौतमले बताए ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ।
यस्तै बितेको २४ घण्टामा ९७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ। बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा
-
विराटनगरमा इण्डो–नेपाल टी–२० क्रिकेटः होराइजन र प्रशान्त क्रिकेट क्लबबीच उद्घाटन खेल
-
२५ वर्षपछि एकैसाथ ठूलो पर्दामा फर्किँदैछन् सलमान–सञ्जय
-
फर्पिङबाट अनलाइन सिफारिसको आधारमा नागरिकता वितरण सुरु
-
बार अध्यक्षका दुई उम्मेदवारबिच आरोप प्रत्यारोप
-
‘बाह्य मिचाहा प्रजातिले अर्थतन्त्रलाई कसरी प्रभावित पारेको छ ?’