बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलबाट तेल चोरेर भाग्दा लागूऔषधसहित दुई युवा पक्राउ

शुक्रबार, २६ भदौ २०७७, १५ : २१
शुक्रबार, २६ भदौ २०७७

डोलबहादुर विक

पाल्पा भदौ २६ । पाल्पामा लागुऔषध सहित दुई जना युवा पक्राउ परेका छन् । रामपुर नगरपालिका ३ का ३१ वर्षीय सुरेन्द्र घिमिरे र सोही स्थानका २४ वर्षीय प्रमोद घिमिरेलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले डाईजेपाम ४ पिस, आईपिपिएल २ पिस, सिरिन्ज २ सेट लागुऔष फेला पारेको प्रदेश प्रहरी कार्यालयल दाङले जनाएको छ ।

बिहीबार बेलुकी बुटवलबाट रामपुरतर्फ जादै गरको बा ७० प २९४४ नम्बरको पार्किङ गरी राखेको मोटरसाइकलबाट तेल चोरी गरी भागेपछि उनीहरूलाई प्रभास चौकी प्रभासबाट प्रहरी नायव निरीक्षक एक्का बहादुर नेपालीको नेतृत्वमा गएको टोलीले डुम्रेबाट पक्राउ गरेको थियो । उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप