बुटवलमा थप १ कोरोना संक्रमित पुरुषको मृत्यु
शुक्रबार, २६ भदौ २०७७, १२ : ४३

बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा थप एकजना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपरासी पश्चिम सुस्ताका एक कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको सूचनामा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भई आईसीयूमा उपचाररत उनको बिहान ११ बजे मृत्यु भएको जनाएको छ ।
मृतक पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने