शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा १७ सङ्क्रमित थपिए

शुक्रबार, २६ भदौ २०७७, १२ : ३९
शुक्रबार, २६ भदौ २०७७

कास्की । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको शुक्ला गण्डकीका एक, स्याङ्जा पुतलीबजार नगरपालिकाका दुई, नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटका ११ र कावासोतीका एक जना छन् । प्रदेशमा हालसम्म ५४ हजार ८८९ को पिसिआर परीक्षण गरिएकोमा ५२ हजार १४२ जनामा सङ्क्रमण देखिएन ।

हालसम्म एक हजार ८१४ जना उपचारपछि निको भएका र सक्रिय सङ्क्रमित ९११ रहेको निर्देशनालयले जनाएको छ । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप