बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पानीमा डुबेर दुईको मृत्यु

शुक्रबार, २६ भदौ २०७७, १० : ५६
शुक्रबार, २६ भदौ २०७७

सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर हिजो एकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको छ । 

सिरहाको अर्नामा गाउँपालिका–३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय  १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खोलाको पानीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा ल्याइएको र उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा डुबेको अवस्थामा एक युवतीको शव फेला परेको छ । 

तत्काल सनाखत हुन नसकेको अन्दाजी २२ वर्षीया ती युवतीको शव दहको पानीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप