शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको तुलनामा भारतमा तीन गुणा बढिरहेछन् संक्रमित, दैनिक रेकर्डस्तरको वृद्धि

शुक्रबार, २६ भदौ २०७७, १० : २०
शुक्रबार, २६ भदौ २०७७

भारतमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा रेकर्ड स्तरको वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ९६ हजार ७ सय ६० बिरामी फेला परेका छन् । यससँगै यहाँ संक्रमितको संख्या हालसम्म ४५ लाख ५९ हजार ७ सय २५ रहेको छ । यदि भारतलाई सबैभन्दा प्रभावित देश अमेरिकासँग तुलना गर्ने हो भने पछिल्लो पाँच दिनमा भारतमा संक्रमितको संख्या करिब तीन गुणा बढी छ । बिहिबार अमेरिकामा ३८ हजार ८ सय ११ संक्रमित फेला परेका छन् भने १ हजार ९० को मृत्यु भएको छ ।

भारतमा मृत्युदर भने घटिरहेको छ । पछिल्लो ८ दिनमा यहाँ १.७० प्रतिशतबाट घटेर १.६७ प्रतिशतमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप