इतिहासमा आज – अमेरिकामा भयो संसारकै ठूलो आतङ्ककारी हमला

आज ११ सेप्टेम्बर । सन् २००१ मा अमेरिकामा भएको हमलालाई संसारकै ठूला आतङ्ककारी हमलामध्ये एक मानिन्छ । यस हमलामा झन्डै ३ हजार मानिसले ज्यान गुमाए । यसक्रममा ठूलो संख्यामा मानिसहरु घाइते भए ।
यस दिन बिहान वर्ल्ड ट्रेड सेन्टरमा मानिसहरु नियमित काम गर्दै थिए । स्थानीय समयअनुसार झन्डै बिहान ८ बजेर ४६ मिनेट जाँदा न्युुर्योकको वर्ल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा एक जेट एयरलाइन्सको विमान ठोक्कियो, हेर्दा–हेर्दै चारैतर्फ भागदौड मच्चियो । मानिसहरुले केही सोच्न पाउनुुअघि नै ९ बजेर ३ मिनेट जाँदा फेरि अर्को जेट विमान दक्षिणी टावरमा ठोक्कियो । विमान ठोक्किदाँ टावरमा भयानक आगो लाग्यो । हेर्दाहेर्दा ती दुई भवन ढलेर खरानी भए ।
उक्त दिन १९ जना अपहरणकर्ताले ४ वटा विमान अपहरण गरेर त्यो दर्दनाक आत्मघाती हमला सम्भव गराएका थिए । यसमध्ये २ वटा विमान वल्र्ड ट्रेड सेन्टर र एउटा विमान अमेरिकी रक्षा विभागको केन्द्रीय भवन पेन्टागनमा खसालियो । चौथो विमान पेन्सिलभेनियास्थित सेन्कभिल्लको एक खेतमा खस्यो । अपहरणकारीसहित चारवटै विमानमा सवार कुुल २ सय ६५ जनाको पनि घटनास्थलमै मृत्यु भएको थियो ।
ईस्लामिक अतिवादी संगठन अलकायदाले यस हमलाको जिम्मेवारी लियो । यस समय ओशामा बिन लादेन अलकायदाका प्रमुख थिए । हमलाको भोलिपल्टै अमेरिकाले अलकायदाविरुद्ध युद्ध घोषणा ग¥यो । राष्ट्रपति जर्ज डब्ल्यु बुुसले हमलाको बदला लिने घोषणा गरे । हमलाको झन्डै १ दशकपछि अर्थात् सन् २०११ मा बल्ल अमेरिकी इन्टेलिजेन्स ब्युरोले ओशामा बिन लादेनको ठेगाना पत्ता लगायो । गुप्तचरहरुका अनुसार उनी पाकिस्तानको अबोट्टावादमा लुकेर बसेका थिए । तत्कालीन राष्ट्रपति बाराक ओबामाले २९ अप्रिलमा बिन लादेन बसेको ठाउँमा हमला गर्न आदेश जारी गरे । त्यसपछि २ मे, सन् २०११ मा अमेरिकी सेनाले पाकिस्तानमा बसेका लादेनलाई मा¥यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु