केन्द्रीय संस्करण

इतिहासमा आज – अमेरिकामा भयो संसारकै ठूलो आतङ्ककारी हमला

person explore access_timeभदौ २६, २०७७ chat_bubble_outline0
फाइल तस्विर

आज ११ सेप्टेम्बर । सन् २००१ मा अमेरिकामा भएको हमलालाई संसारकै ठूला आतङ्ककारी हमलामध्ये एक मानिन्छ । यस हमलामा झन्डै ३ हजार मानिसले ज्यान गुमाए । यसक्रममा ठूलो संख्यामा मानिसहरु घाइते भए ।

यस दिन बिहान वर्ल्ड ट्रेड सेन्टरमा मानिसहरु नियमित काम गर्दै थिए । स्थानीय समयअनुसार झन्डै बिहान ८ बजेर ४६ मिनेट जाँदा न्युुर्योकको वर्ल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा एक जेट एयरलाइन्सको विमान ठोक्कियो, हेर्दा–हेर्दै चारैतर्फ  भागदौड मच्चियो । मानिसहरुले केही सोच्न पाउनुुअघि नै ९ बजेर ३ मिनेट जाँदा फेरि अर्को जेट विमान दक्षिणी टावरमा ठोक्कियो । विमान ठोक्किदाँ टावरमा भयानक आगो लाग्यो । हेर्दाहेर्दा ती दुई भवन ढलेर खरानी भए ।

उक्त दिन १९ जना अपहरणकर्ताले ४ वटा विमान अपहरण गरेर त्यो  दर्दनाक आत्मघाती हमला सम्भव गराएका थिए । यसमध्ये २ वटा विमान वल्र्ड ट्रेड सेन्टर र एउटा विमान अमेरिकी रक्षा विभागको केन्द्रीय भवन पेन्टागनमा खसालियो । चौथो विमान पेन्सिलभेनियास्थित सेन्कभिल्लको एक खेतमा खस्यो । अपहरणकारीसहित  चारवटै विमानमा सवार कुुल २ सय ६५ जनाको पनि घटनास्थलमै मृत्यु भएको थियो ।

ईस्लामिक अतिवादी संगठन अलकायदाले यस हमलाको जिम्मेवारी लियो । यस समय ओशामा बिन लादेन अलकायदाका प्रमुख थिए । हमलाको भोलिपल्टै अमेरिकाले अलकायदाविरुद्ध युद्ध घोषणा ग¥यो । राष्ट्रपति जर्ज डब्ल्यु बुुसले हमलाको बदला लिने घोषणा गरे । हमलाको झन्डै १ दशकपछि अर्थात् सन् २०११ मा बल्ल अमेरिकी इन्टेलिजेन्स ब्युरोले ओशामा बिन लादेनको ठेगाना पत्ता लगायो । गुप्तचरहरुका अनुसार उनी पाकिस्तानको अबोट्टावादमा लुकेर बसेका थिए । तत्कालीन राष्ट्रपति बाराक ओबामाले २९ अप्रिलमा बिन लादेन बसेको ठाउँमा हमला गर्न आदेश जारी गरे ।  त्यसपछि २ मे, सन् २०११ मा अमेरिकी सेनाले पाकिस्तानमा बसेका लादेनलाई मा¥यो ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.