बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

शुक्रबार, २६ भदौ २०७७, ०६ : ३३
शुक्रबार, २६ भदौ २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार आज मनसुनको  न्यून चापीय  रेखा  औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ।

जारी मौसम पूर्वानुमानका अनुसार हाल  देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई  स्थानमा  भारी  वर्षा भईरहेको छ । 

यसैगरी, महाशाखाले दिउँसो  देशभर  सामान्यतयादेखि पूर्ण बदली रही  केही  स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  भने, प्रदेश १ , प्रदेश २,  बागमती प्रदेश  र गण्डकी प्रदेशका  एक वा दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

यस्तै राति,  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ । 

यता, प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप