शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड नियन्त्रणमा आयुर्वेदको प्रयोगलाई बढाउन प्रधानमन्त्री ओलीको सुझाव

बिहीबार, २५ भदौ २०७७, २० : ४६
बिहीबार, २५ भदौ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण  भूमिका हुने बताएका छन् ।

कोभिड १९ को  उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा बिहीबार विशेष छलफल र परामर्श गर्दै ओलीले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए । 

‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो’,प्रधानमन्त्री ओलीको भनाई छ । उनले मेशीनहरू  एलोपेथिक नभएको प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिए । 

आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष राखिएको प्रधानमन्त्री ओलीको भनाई छ । 

निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको धारणा राख्दै प्रधानमन्त्रीले भने, ‘हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका हुन् ।’ 

कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाउन र यसको प्रयोगलाई बढाउन प्रधानमन्त्रीको सुझाव छ ।
कार्यक्रममा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड“ का  साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसको  व्यापक प्रचारप्रसार गर्न पनि जोड दिए । 

परामर्शमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा।ऋषिराम कोइराला, डा. प्रदीप केसी, विनोद पौडेल, डा. रामआधार यादव, डा. सन्तोष ठाकुर, प्रा.डा . डीबी रोका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राख्दै प्रधानमन्त्रीको तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलोपटक परामर्श गरिएकोमा विशेष आभार र धन्यवाद ज्ञापन गरेका थिए ।

अध्यक्ष प्रचण्डले कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराएकोमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गम्भीर ढंगले घच्घच्याउने काम गरेको अनुभूति भएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप