शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक

बिहीबार, २५ भदौ २०७७, १९ : ४०
बिहीबार, २५ भदौ २०७७

काठमाडौं । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक गरेको छ । यस नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तिशाली र सुविधायुक्त ट्रेन्ड सेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीले जनाएको छ ।  

नयाँ हुण्डाई औरा को अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का जीएम रूपेश शर्मा भट्टले भने, “सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् र यहि समयमा बजारलाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटो मोबाईल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुनेछ । यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा प्राप्त गर्न को लागि सक्षम भएको छ र हामी निश्चित छौं, यस नयाँ हुण्डाई औरा ले पनि यस लेगसीलाई जारी राख्नेछ र सबै ग्राहकहरूलाई आधुनिक र प्रीमियम अनुभव प्रदान गर्नेछ ।”

नयाँ हुण्डाई औरा एक आकर्षक सेडानको निम्ती विकसित गरिएको हो, ग्राहकहरुको लागि लक्षित गरी बनाइएको छ । यस गाडीको डिजाईन एक उत्कृष्ट नमुना बनेको छ, जसले आधुनिक र प्रभावशाली डिजाईनका साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा ’सेन्सियस स्पोर्टनेस’मा बनेको छ । यस गाडीको अग्रभागले Unique Twin boomerang Daytime Running Light –DRL को साथै Premium Satin Front Grill को साथ Projector Fog Lamp डिस्प्ले गरेको छ ।

साइड प्रोफाइलले यसको Coupe जस्तो स्टाईल र विलासी भोल्युमद्वारा युनिक स्पोर्टइनेस दर्साएको छ । औराको विशिष्टरियर डिजाईनमा Wide Stance, robust sporty bumper डिजाईन र Stylish Z Shaped LED Tail Lamp रहेको छ ।यसको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो ¥यापले यसलाई आफ्नो सेग्मेन्तको सबैभन्दा स्टाइलिस सेडान बनाएको छ ।

नयाँ हुँण्डाई औरा को उत्कृष्ट ड्राइभिङ परफोरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नेछ ।  यस गाडीले विभिन्न कुशल र उन्नत powertrains को छनौट प्रदान गर्दछ । यसको प्रमाणित 1.2L Kappa Dual VTVT Petrol ले 83 PS power @ 6,000 RPM / 11.6 KGM torque @ 4,000 RPM उत्पन्न गरी ईन्धनको दक्षता सुधार गर्दछ ।

हुण्डाईले आजको बजारको आवश्यकतालाई अनुकूल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आएको छ । जुन हुँण्डाई ब्गचब को आराम्दायी सुविधामा देख्न सकिन्छ । यो वास्तवमै स्टाईल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रण बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप