सुरक्षित रूपमा जितिया पर्व मनाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको तराईमा विशेषतः थारु महिलाहरुले निराहार व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारु महिलाहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
उनले आज एक शुभकामना सन्देशमार्फत जितिया पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउनुका साथै जन–जीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् । कोरोना भाइरसको महामारीका कारण जनजीवन कष्टकर बनेको यस परिस्थितिमा यसको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दूरी कायम गरेर सुरक्षितरूपमा जितिया पर्व मनाउन सभापति देउवाले आग्रह गरेका छन् ।
उनले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी कार्यालयमा रवि लामिछानेले बजाए घण्टी, कार्यकर्ताद्वारा नाराबाजी
-
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
-
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
-
प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त