केन्द्रीय संस्करण

लाइसेन्सको नवीकरण आइतबारदेखि खुल्ने, नयाँ परीक्षा अनिश्चित (सूचनासहित)

person explore access_timeभदौ २५, २०७७ chat_bubble_outline0

काठमाडौं । ४ हप्तापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण खुल्ने भएको छ । प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले आइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु गर्ने जनाएको हो । 
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आइतबारदेखि नवीकरणसम्बन्धी सेवा सूचारु गर्ने जनाएको छ । तर, नयाँ लाइसेन्सका लागि परीक्षाको लागि भने अहिलेसम्म कुनै निर्णय गरिएको छैन । अरु सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहने कार्यालयले जनाएको छ । 
कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि भदौ १ गतेदेखि यस्तो सेवा बन्द गरिएको थियो । तर, नयाँ लाइसेन्ससम्बन्धी सेवा भने अघिल्लोपटकको लकडाउनअघिदेखि नै बन्द छ । दशैं तिहारअघि यो खुल्ने सम्भावना नरहेको कार्यालयले जनाएको छ । 
लकडाउन अन्त्यपछि अरु व्यवसाय सञ्चालनमा रहे पनि बढी सवारी प्रशिक्षण केन्द्रलाई सञ्चालन हुने अनुमति अझै दिइएको छैन । भीडभाडकै कारण यस्तो परीक्षा सञ्चालन समेत गरिएको छैन । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.