शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरु काट्दा २ लाख धरौटी माग, तिर्न नसकेपछि थुनामा

बिहीबार, २५ भदौ २०७७, १५ : १८
बिहीबार, २५ भदौ २०७७

काठमाडौं– स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–४ बाट गोरु काटेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गर्यो । 

स्थानीय दमैचौतारास्थित बारीमा साउन ३२ मा उनीहरुले जिउँदो गोरु काटेका थिए । दीपक नेपाली भन्ने दीपक सार्की, शिव नेपाली भन्ने शिवु सार्की, खेम परियार भन्ने ख्याम बहादुर दमै र प्रेम नेपाली भन्ने प्रेम बहादुर सार्कीलाई प्रहरीले भदौ १ मा घर–घरबाट पक्राउ गरेको थियो । उनीहरुले मासु खाने उद्धेश्यले गोरु काटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरी अनुसन्धान सकेर मुद्धा दर्तापछि जिल्ला अदालत स्याङ्जाले दीपक सार्किलाई मुद्धा पुर्पक्षको थुनामा पठाउन आदेश गरेको छ । अन्य तीनजना शिवु सार्की, ख्याम बहादुर दमै र प्रेम बहादुर सार्कीलाई जनही २ लाख घरौटी मागेको छ ।

धरौटी बुझाउन नसकेपछि ‘गोरु प्रकरण’मा संलग्न चारै जनालाई पुर्पक्षका लाागि कारागार कार्यालय स्याङ्जामा थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप