चीन लगायतका मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने

बेइजिङ । रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
“ककेसस २०२०” नाम दिइएको यस सैन्य अभ्यासमा सैन्य सवारी साधनका साथै चीनका नयाँ सैन्य जहाज पठाइने चीनले जनाएको छ । सेप्टेम्बर २१–२६ सम्म हुने यस अभ्यासमा प्रतिरक्षात्मक कौशल, युद्धमैदानको नियन्त्रण र कमान्ड समावेश हुनेछ । यस अभ्यासले चीन र रुसबीचको विशेष सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।
दुई दशकअघि विस्तृत रणनीतिक साझेदारीमा हस्ताक्षर गरेयता चीन र रुसबीच सैन्य र कुटनीतिक क्षेत्रमा सम्बन्धहरु निकै अगाडि बढेको छ । खासगरी यो सम्बन्ध अमेरिकी प्रभावलाई निस्तेज बनाउन निकै उपयोगी रहेको चिनियाँ अधिकारीहरुको भनाई छ । सिरिया र उत्तर कोरिया समेतका विश्व मामिलामा संयुक्तराष्ट्रसंघमा हुने छलफलमा चीन र रुसबीच सहकार्य पनि हुन थालेको छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर