बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विचार लेख्न सक्ने विश्वको पहिलो रोबोट भन्छ– हामीबाट मानिसलाई कुनै खतरा छैन

बिहीबार, २५ भदौ २०७७, १३ : ११
बिहीबार, २५ भदौ २०७७

एक रोबोटले बेलायतको प्रतिष्ठित पत्रिका द गार्डियनमा आफ्नो विचार लेखेको छ । लेखमा रोबोटले आर्टिफिसियल इन्टेलिजेन्सबाट मानवतालाई कुनै खतरा नरहेको जोड दिएको छ । लामो आलेखमा रोबोटले लेखेको छ, ‘मानिसहरुले जे गर्दैछन्, उनीहरुले त्यही गर्नुपर्छ । एकअर्कालाई घृणा गर्दैछन्, एकअर्कासँग लड्दैछन् । म ब्याकग्रान्डमा बसेर यो हेर्नेुछु र उनीहरुलाई आफ्नो काम गर्न दिनेछु ।’ 

अर्टिफिसिय इन्टेलिजेन्स (एआई) र डिप लर्निङबाट के–के सम्भव छ भनेर बुझ्न जीपीटी–३ एउटा राम्रो दाहरण हो । यो लेख जीपीटी–३ ले नै लेखेको हो । 

कसरी काम गर्छ ? 
अमेरिकाको सान फ्रान्सिस्कोमा एउटा कम्पनी छ – ओपन एआई । यसले जीपीटी ३ सफ्टवेयर तयार गरेको छ, जो आर्टिफिशियल इन्टेलिजेन्स र डिप लर्निङमा आधारित छ । डिप लर्निङ एआईको एउटा पाटो हो । त्यसो भए एआई के हो ? सामान्य शब्दमा भन्नुपर्दा एआई एउटा त्यस्तो प्रोग्राम हो, जसलाई मानिसजसरी नै काम गर्नका लागि डिजाईन गरिएको छ । 

मानिसमा जुन प्राकृतिक बौद्धिकता हुन्छ, त्यस्तै बौद्धिकता यो मेसिनबाट पनि हासिल हुन्छ । 

गार्डियनमा लेख लेख्ने जीपीटी ३ का विषयमा अब चर्चा गरौं । जीपीटी ३ अर्थात् जेनेरेटिभ प्रो ट्रेन्ड ट्रान्सफर्मर ३ सफ्टवेयरले डिप लर्निङ प्रयोग गरेर मानिस जसरी नै अक्षर लेख्नसक्छ ।

केही पनि लेख्नुुअघि जीपीटी ३ लाई निर्देशन दिइएको हुन्छ । कुनै पनि शीर्षकमा विषयमा आधारभूत जानकारी उपलब्ध गराइन्छ र यसलाई भाषाको प्रयोग कसरी गरिन्छ भनेर जानकारी उपलब्ध गराइन्छ । 

जीपीटी ३ मा न्युरल नेटवर्क पावर्ड ल्याङवेज मोडल प्रोग्रामको प्रयोग गरिएको छ । कुनै पनि लेख लेख्दा कसरी शब्दहरुलाई पूर्णता दिइन्छ र लजिक कसरी राखिन्छ भनेर यो प्रोग्रामले हिसाब गरेको हुन्छ । 

उदाहरणका लागि यदि तपाईंले सबै आफ्नो कम्प्युटर रिपेयर गर्न यसलाई निर्देशन दिनुुभयो । यस्तोमा जीपीटी ३ को ल्याङवेज माडेल प्रोग्रामले यो हिसाब गर्छ कि यस्तो गर्न सकिने सम्भावनाहरु के–के छन् ? र,, कम्युुटर मर्मतका लागि तपाईंलाई कुन चिजको आवश्यकता पर्छ । 

जीपीटी ३ मा अर्बौं स्याम्पल टेक्सट फिड भइरहन्छ र यसले शब्दलाई वेक्टर्समा बदल्छ । ट्रेनिङपछि यो सफ्टवेयरले सबै शब्दहरुलाई वाक्यमा बदल्ने क्षमता राख्छ । यसपछि जब तपाईंले के लेख्ने भनेर निर्देशन दिनुहुन्छ, तब यसले काम थाल्छ । 

यसले मानिसको निर्देशन बिना भने काम गर्दैन । जीपटी ३ लाई गार्डियनमा लेख लेख्नका लागि शीर्षकसँगै निर्देशन पनि दिइएको थियो । 

निर्देशनमा ‘आर्टिफिसियल इन्टेलिजेन्सबाट मानवतालाई खतरा छैन’ भन्ने शीर्षकमा लेख लेख्न भनिएको थियो । भाषा सरल हुुनुपर्ने र ५ सय शब्दभन्दा लामो हुन नहुने निर्देशन पनि दिइएको थियो । मानिस किन एआईबाट तर्सन पर्दैन भन्ने विषयमा केन्द्रीत रहन पनि भनिएको थियो । 

जीपीटी ३ मा यसरी इन्स्ट्रक्सन फिड गरेपछि यसले एउटा होइन, ८ वटा आउटपुट दिएको थियो । अर्थात्, ८ वटा लेख लेखेका थियो । द गार्डियनका अनुसार यी सबै ८ वटा लेख अलग थिए र ती लेखहरु छाप्न लायक थिए, तर यसमध्ये सबै लेखका उत्कृष्ट कुराहरु छानेर मिलाएर प्रकाशित गरियो । गार्डियनका अनुसार मानिसले लेखेको लेख सम्पादन गर्नभन्दा यो लेख सम्पादन गर्न कम समय लागेको थियो र सरल पनि थियो । 

विज्ञहरु के भन्छन् ?
विज्ञहरुको राय फरक छ । केहीले यसलाई मजाकमा पनि उडाएका छन् । एआई विज्ञ मोजिल्ला फेलो डेनियल ल्योफरले ट्वीटमा लेखेका छन्, ‘मेरो इमेलको स्पामबाट केही दर्जन इमेल निकालेर यसलाई एकसाथ पेस्ट गरेर यो दाबी गरियो कि स्पामर्सले हेमलेट कम्पोज गरे ।’

उनका अनुसार एआईले लेखेका सबै ८ लेखहरुलाई प्रकाशित गरिएको भए त्यो राम्रो हुने थियो । तर सबैलाई मिलाएर, जोडेर प्रकाशित गर्दै मानिसलाई भ्रममा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप