बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुई जना महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

बिहीबार, २५ भदौ २०७७, १० : ४५
बिहीबार, २५ भदौ २०७७

कास्की – डर, धाकधम्की तथा प्रलोभन देखाई ३१ वर्षीया महिला र ३६ वर्षीया अर्की महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ शान्तिनगर घर भएका ३७ वर्षीय बामदेव सुवेदी रहेका कास्की प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

पीडित महिलाको जाहेरीको आधारमा सुवेदीलाई आफ्नै घरबाट पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । घरमा एक्लै रहेको बेला सुवेदीले करणी गर्ने गरेको महिलाले प्रहरीसमक्ष बताएकी छन् ।

करणीमा संलग्न सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको एसपी श्रेष्ठले बताए । सुवेदीविरुद्ध जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसनधान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप