शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा एकैदिन भेटिए ९५ हजार बढी संक्रमित

बिहीबार, २५ भदौ २०७७, १० : २१
बिहीबार, २५ भदौ २०७७

भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६३ हजार १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक ९५ हजार ५ सय २९ नयाँ संक्रमितको पहिचान भएको छ । हालसम्म एकदिन भेटिएका संक्रमितका यो सबैभन्दा धेरै संख्या हो । यसअघि ६ सेप्टेम्बरमा ९१ हजार ७ सय २३ नयाँ संक्रमित भेटिएका थिए ।

दिल्लीमा बुधबार ४ हजार ३९ नयाँ संक्रमितको पहिचान भएको हो । यससँगै यहाँ संक्रमितको संख्या दुई लाख पार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप